रामचन्द्र पाैडेल कांग्रेसबाट राष्ट्रपतिकाे उम्मेदवार

नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पाैडेललाई राष्ट्रपतिकाे उम्मेदवार बनाउने निर्णय गरेकाे छ।

काठमाडाैँ– नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पाैडेललाई राष्ट्रपतिकाे उम्मेदवार बनाउने निर्णय गरेकाे छ।

शनिबार बिहान बसेकाे कार्य सम्पादन समिति बैठकले पाैडेललाई राष्ट्रपतिकाे उमेमेदवार बनाउने सर्वमम्मत निर्णय गरेकाे उपसभापति धनराज गुरुङले जानकारी दिए। पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले पौडेलको नाम राष्ट्रपति उम्मेदवारमा प्रस्ताव गरेका थिए।

यससँगै पौडेल कांग्रेस–माओवादीसहित आठ दलका साझा उम्मेदवार बनेका छन्। यसअघि शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेका थियो।

राष्ट्रपतिका लागि शनिबारै उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ। राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुनेछ।