शनिबार बिहान बसेको राप्रपा कार्यसम्पादन समिति र संसदिय दलको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो।
काठमाडाैँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ।
शनिबार बिहान बसेको राप्रपा कार्यसम्पादन समिति र संसदिय दलको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो। राप्रपा प्रवक्ता मोहन श्रेष्ठले सरकारलाई दिएको सर्मथन समेत फिर्ता लिएको बताए।
वर्तमान सरकारमा राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जामन्त्री छन्। त्यस्तै ध्रुवबहादुर प्रधान कानुन तथा संसदीय मामिला, विक्रम पाण्डे सहरी विकास र दीपकबहादुर सिंह ऊर्जाराज्यमन्त्री बनेका छन्।
बैठकले राजनीतिक समीकरणमा आएको फेरबदलले मुलुक पुन सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको ठहर गरेको छ। पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यसै पृष्ठभूमिमा माघ ३ गते हामी सरकारमा समेत सहभागी भई क्रियाशील रहेको बेला वर्तमान सत्ता सहकार्यमा आकस्मिक परिवर्तन भई मुलुक पुनः सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको छ। यो हाल देखिएको सत्ता परिवर्तनको प्रवृत्ति र प्रक्रिया वर्तमान संविधानको संरचनामा निहित अस्थिरताको स्वाभाविक चरित्र हो भन्ने हाम्रो ठहर रहेको छ। परिवर्तित सन्दर्भमा राप्रपा सत्तामा रहिरहनु अनुपयुक्त हुने ठहर गर्दै आजबाटै सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने निर्णय गरेका छौँ।”
साथै, राप्रपाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रदेश सरकारबाट समेत बाहिरिने निर्णय गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
