पार्टीले राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेपछि पौडेलले भने– संविधानको रक्षा गर्ने जिम्मेवारीका लागि तयार छु
केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि बोल्दै पौडेलले आफूप्रति सबै दल र नागरिकको सद्भाव रहेको बताए। उनले आफू संविधानको रक्षकको भूमिकाका लागि तयार रहेको पनि प्रस्ट पारेका छन्।
काठमाडौँ– पार्टीले राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको रक्षा गर्ने जिम्मेवारीका लागि आफू तयार रहेको बताएका छन्।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि बोल्दै पौडेलले आफूप्रति सबै दल र नागरिकको सद्भाव रहेको बताए। उनले आफू संविधानको रक्षकको भूमिकाका लागि तयार रहेको पनि प्रस्ट पारेका छन्।
“संविधानले जनतालाई दिएको अधिकारको रक्षा गर्ने बेला आएको छ,” बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले भने, “सबै मिलेर राष्ट्रको जगेर्ना गरौँ। नेपाली कांग्रेसलगायत सबै पार्टीले मप्रति सद्भाव राखेका छन्। पार्टीले दिएको जिम्मेवारीप्रति म सचेत छु।”
नेपालको संविधानले जनतामा दिएको अभूतपूर्व अधिकारको रक्षा गर्ने चुनौती रहेको उनले बताए। “नेपालको संविधान, राष्ट्रियताको संरक्षण र जनताको जनजीवनको रेखदेख गर्ने जिम्मेवारीका लागि तयार भएको छु। म सबैलाई आह्वान गर्न चाहान्छु, कि हामी सबै मिलेर यो संविधानको रक्षा गरौँ।”
राष्ट्रपतिका लागि आजै उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
