ओलीले बैठकमा राष्ट्रपतिको निर्वाचन हुने मितिसम्म पनि आफू पुस १० को सहमति कार्यान्वयन हुनुपर्नेमा प्रस्ट रहेको भन्दै माओवादीसहितका कम्युनिस्ट शक्तिले यसमा विचार गर्नुपर्ने बताएका थिए।
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतलगायत अन्तर्राष्ट्रिय शक्तिको दबाब थेग्न नसकेर पूर्व सहमति भन्दा बाहिर गएको टिप्पणी गरेका छन्।
राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन शनिबार बसेको सचिवालय बैठकमा ओलीले यस्तो बताएका हुन। “पुस १० मा जुन सहमति भएको थियो। त्यो सहमति भन्दा बाहिर गएर प्रधानमन्त्रीले काम गर्नुभयो। यसमा उहाँले भारतलगायत शक्तिहरूको दबाब थेग्न सक्नुभएन,” ओलीको भनाइ उद्धृत् गर्दै एक सचिवालय सदस्यले भने, “गठबन्धन बने लगत्तैबाट देशभित्र र बाहिरका शक्तिले चलखेल थालिसकेका थिए। त्यो बुझेर सुझबुझ निर्णय लिएर प्रचण्ड जी हिँड्नुपर्ने थियो। तर, उहाँलाई यति दबाब भयो की उहाँले त्यो थेग्नै सक्नुभएन।”
ओलीले बैठकमा राष्ट्रपतिको निर्वाचन हुने मितिसम्म पनि आफू पुस १० को सहमति कार्यान्वयन हुनुपर्नेमा प्रस्ट रहेको भन्दै माओवादीसहितका कम्युनिस्ट शक्तिले यसमा विचार गर्नुपर्ने बताए। “नेपालमा पटक–पटक अन्तर्राष्ट्रिय दबाबकै कारण नकारात्मक प्रभाव पर्दै आएको छ। २००७ सालदेखि नै अहिलेसम्म बाह्य शक्तिको दबाब लगातार छ”,उनले बैठकमा भने, “कम्युनिस्ट र देशभक्तलाई समाप्त पार्ने काम हुँदै छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
