पार्टीका प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पूर्व सहमति कार्यान्वयनका लागि एमाले तयार नै रहेको बताए।
काठमाडौँ– नेकपा एमालेले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको छ।
शनिबार बसेको सचिवालय बैठकले सरकारबाट नबाहिरिने निर्णय गरेको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए।
“हामी पुस १० मा भएको सहमतिमै अडिक छौँ। त्यसै अनुसार सुवास नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय पनि गरेका छौँ,” उनले उकालोसँग भने, “पूर्वसहमति कार्यान्वयन होस भन्ने हाम्रो अहिले पनि धारणा छ। त्यसैले तत्काल सरकारबाट बाहिरिँदैनौँ।”
उनले सरकारमा कहिलेसम्म रहने भन्ने विषय परिस्थिति हेरेर अघि बढ्नेसमेत बताए। यस्तै पार्टीका प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पूर्व सहमति कार्यान्वयनका लागि एमाले तयार नै रहेको बताए।
यस्तै सचिवालयको बैठकले कांग्रेसबाहेकका राजनीतिक दलहरूलाई लिखित पत्राचार गरेरै राष्ट्रपतिमा सहयोग गर्न आग्रह गर्ने निर्णय गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
