नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिका लागि मनोनयन दर्ता गराएका छन्।
काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिका लागि मनोनयन दर्ता गराएका छन्। शनिबार दिउँसो बानेश्वरस्थित संसद् भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेता पौडेलले मनोनयन गर्दा गराएका हुन्।

उनको प्रस्तावकमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोककुमार राई र अब्दुल खान रहेका छन्। त्यस्तै, समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन्। शुक्रबार भएको आठ दलको निर्णयअनुसार नेता पौडेलले राष्ट्रपतिका लागि मनोनयन दर्ता गरेका हुन्।

राष्ट्रपतिमा नेता पौडेललाई कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी, लोकतन्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टीले समर्थन गर्ने निर्णय शुक्रबार बालुवाटार बैठकले गरेको थियो।

त्यस्तै, राष्ट्रपतिका लागि नेकपा एमालेबाट सुवास नेम्बाङले मनोनयन दर्ता गरेका छन्। मनोनयन दर्ताका लागि नेम्बाङसहित अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू संसद् भवन पुगेका थिए।

नेम्बाङको प्रस्तावकमा अध्यक्ष ओली, नेताहरू पृथ्वीसुब्बा गुरुङ, गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा छन्। यसैगरी, समर्थकमा पार्टीका नेताहरू योगेशकुमार भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो, दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
