आठ दलीय गठबन्धन नै छैन : एमाले अध्यक्ष ओली

सत्तारुढ गठबन्धन तलमाथि नभएकाले एमालेका उम्मेदवार नेम्वाङ अत्यधिक मतका साथ राष्ट्रपति पदमा विजयी हुने अध्यक्ष ओलीले बताए।

 काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेतृत्वमा आठ दलीय गठबन्धन नै नबनेको दाबी गरेका छन्।

अध्यक्ष ओलीले पार्टीको तर्फबाट सुवास नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दिएपछि सञ्चारकर्मीमाझ यस्तो प्रतिक्रिया दिएका हुन्। उनले आठ दलबीच राष्ट्रपतिमा कांग्रेसलाई सघाउने कुनै पनि सहमति नभएको जिकिरसमेत गरे।

“जुन सम्झौता हामीले गरेका छौँ। त्यो पूरा नभई यताउता हुन्छ भन्ने कुरा विश्वास छैन। गठबन्धनको कुनै निर्णय छैन। आठ दलीय गठबन्धन पनि छैन। गठबन्धनका निर्णय पनि छैन”, उनले भने।

सत्तारुढ गठबन्धन तलमाथि नभएकाले एमालेका उम्मेदवार नेम्वाङ अत्यधिक मतका साथ राष्ट्रपति पदमा विजयी हुने अध्यक्ष ओलीले बताए। उनले नेम्वाङलाई राष्ट्र र जनताको सर्वोपरि हितलाई ध्यानमा राखेर राष्ट्रपति पदको उम्मेदवार बनाएको बताए।

अध्यक्ष ओलीले नेम्वाङलाई राष्ट्रपति पदमा विजयी गराउनका लागि सिंगै नेपाली जनताको, मिडिया क्षेत्रको पनि साथ रहने उल्लेख गरे।