वरिष्ठ नेता पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानो साथी भएको स्मरण गर्दै आफूलाई सर्वसम्मत बनाउन ओलीको योगदान हुनेमा विश्वास व्यक्त गरे।
काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले संविधानको अक्षर र भावनालाई पालना गर्नु आफ्नो कर्तव्य हुने बताएका छन्।
शुक्रबार राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै वरिष्ठ नेता पौडेलले संविधानको अक्षर र भावनालाई अक्षरशः पालना गर्नु आफ्नो कर्तव्य हुने बताएका हुन्।
गणतन्त्रलाई संस्थागत गर्दै नेपाली जनतामा आएको सार्वभौमसत्तालाई बलियो र सुरक्षित राख्नुपर्ने अवस्था आएको भन्दै उनले त्यसका निम्ति आफ्नो भूमिका हुने बताए। उनले राष्ट्रिय अखण्डता र राष्ट्रियतालाई सबल बनाउन आफ्नो सहयोग हुने उल्लेख गरे। त्यस्तै, राष्ट्रिय एकताको लागि पनि आफ्नो भूमिका हुने उनको भनाइ छ।
उनले राष्ट्रपति निर्वाचनको दिनसम्ममा आफू सर्वसम्मत निर्वाचित हुन कोशिश गर्ने बताए। “राष्ट्रियतालाई सबल बनाउने काममा मेरो सहयोग हुन्छ। मैले अपेक्षा गरेको हो सर्वसम्मत हुन् । सम्भवतः त्यो पनि चुनावको दिनसम्म हुन्छ की । त्यसमा म कोशिस गर्दै छु”, उनले भने।
वरिष्ठ नेता पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानो साथी भएको स्मरण गर्दै आफूलाई सर्वसम्मत बनाउन ओलीको योगदान हुनेमा विश्वास व्यक्त गरे। “एमाले अध्यक्ष पनि मसँग जेलमा बस्नुभएको हो धेरै समय। पुरानो साथी हो। उहाँले पनि यो राष्ट्रमा सबैको साझा पद बनाउनलाई उहाँले योगदान गर्नुहोला भन्ने मैले विश्वास गरेको छ”, उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
