कांग्रेस प्रवक्ता महतले राष्ट्रपतिको उम्मेदवारी मनोनयनले नयाँ सत्ता समीकरणको ढोका खोलेको बताएका छन्।
काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रपतिको निर्वाचनलगत्तै सत्ता समीकरण परिवर्तन हुने विश्वास व्यक्त गरेका छन्।
राष्ट्रपतिको उम्मेदवारमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको उम्मेदवारी मनोनयनपछि संविधानसभा भवन परिसरमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले राष्ट्रपतिको उम्मेदवारी मनोनयनले नयाँ सत्ता समीकरणको ढोका खोलेको उल्लेख गरेका हुन्।
“सत्ता समीकरणको विषय अहिलेसम्म प्रवेश नगरे पनि राष्ट्रपतिको उम्मेदवारी मनोनयनले नयाँ सत्ता समीकरणको ढोका खोलेको छ”, प्रवक्ता महतले भने, “अहिले नयाँ सत्ता समीकरणका बारेमा छलफल भएको छैन, तर, निश्चित लक्ष्यका साथ अघि बढ्नुपर्ने भएकाले सरकार सञ्चालनमा नयाँ समीकरण बन्न सक्छ, त्यस विषयमा विस्तृत छलफल हुन्छ।”
आठ दलको समर्थनमा राष्ट्रपतिको उम्मेदवार मनोनयन गरिएको र अन्य दलको पनि समर्थन आउने सम्भावना रहेको भन्दै उनले पौडेल राष्ट्रपति भएपछि संविधान र कानुनी शासनको संवर्द्धन हुने विश्वास व्यक्त गरे। उनले भने, “संवैधानिक व्यवस्थामाथि क्षति पुर्याउने काम हुन्छ कि भन्ने आशंका थियो, त्यो अब निवारण भएको छ। उहाँ (राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल) राष्ट्रपति भएर आएपछि संविधान र कानुनी शासनको पक्षमा प्रतिबद्ध रहनुहुनेछ।”
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानको रक्षा र विधिको शासन सुदृढ तुल्याउन पौडेलको उम्मेदवारी स्वाभाविक भएको उल्लेख गरे। उनले पौडेलको व्यक्तित्व, उनले खेलेको वर्षौँको भूमिकाप्रति अहिले न्याय मिलेको मिल्ने बताए।
संसदीय प्रणालीमा सरकार फेरबदल भइरहनु सामान्य कुरा हो भन्दै उनले राजनीतिक स्थिरता कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। नेता कोइरालाले राष्ट्रपति निर्वाचनमा संघमा बनेको नयाँ गठबन्धन अटोमेटिक रूपमा प्रदेशसम्म जाने धारणा राखे।
नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वालाले केन्द्रको गठबन्धनले समग्र राष्ट्रिय राजनीतिमा नै प्रभाव पार्ने उल्लेख गरे। उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनले संघीय सरकार र प्रदेश सरकारमा समेत फेरबदल हुनसक्ने बताए।
उपमहासचिव ज्वालाले संसद्को ठूलो राजनीतिक रूपमा रहेको र भोलिका दिनमा सम्मानजनक सहकार्य गर्ने संकल्पका साथ कांग्रेसका उम्मेदवारलाई आफ्नो पार्टीलगायत आठ दलले समर्थन गरेको उल्लेख गरे।
जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य राजकिशोर यादवले कांग्रेस पौडेलले संविधान निर्माणमा पनि नेतृत्व गरेको र यसको रक्षाका निम्ति पनि पहलकदमी लिएको हुनाले सहकार्य गरेर जानुपर्छ भन्ने भावनाका साथ गठबन्धन बनेको उल्लेख गरे। उनले नयाँ गठबन्धन संघदेखि प्रदेशसम्म विस्तार हुने विश्वास व्यक्त गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
