एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पत्र लेख्दै राष्ट्रपतिमा सुवास नेम्वाङलाई जिताउन अनुरोध गरेका छन्।
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीसँग राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङका लागि मत मागेका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पत्र लेख्दै उनले राष्ट्रपतिमा नेम्वाङलाई जिताउनका लागि सहयोग गर्न आग्रह गरेका हुन्।
“नेपालको संविधानको मर्म र भावनाअनुरूप माननीय सुवासचन्द्र नेम्वाङ राष्ट्रपति पदलाई अत्यन्त योग्य एवं उपयुक्त उम्मेदवार हुनुहुन्छ,” ओलीले नेपाललाई लेखेको पत्रमा भनिएको छ, “राष्ट्रिय सभा प्रतिनिधिसभा र प्रदेशसभाका माननीय सदस्यहरू मतदाता हुने यस निर्वाचनमा तपाईंको पार्टीका तर्फबाट मा. सुवासचन्द्र नेम्वाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्वासका साथ हार्दिक अनुरोध गर्दछु।”
राष्ट्रपतिका लागि एमालेका तर्फबाट नेम्वाङले उम्मेदवारी दिएका छन्। उनलाई जिताउने कांग्रेसबाहेकका दलहरूसँग सहयोग गर्न औपचारिक रूपमा आग्रह गर्ने शनिबार बसेको सचिवालय बैठकले निर्णय गरेको थियो। सोहीअनुसार अध्यक्ष ओलीले राष्ट्रपतिमा नेम्वाङलाई जिताउन दलहरूसँग आग्रह गरेका हुन्।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
