राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

आज बस्ने राष्ट्रियसभा बैठकले विषयगत समिति सदस्यहरूको मनोनयन गर्नेलगायत कार्यसूची छ।

काठमाडौँ- संघीय संसद्अन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्दैछ। बैठक दिउँसो १ बजेर १ मिनेटमा शुरू हुनेछ। 

आजको बैठकमा राष्ट्रियसभा अध्यक्षले गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यक्रम रहेको छ।

त्यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन मूल्यांकन प्रतिवेदन, २०७९ सभा समक्ष पेश गर्ने कार्यसूची छ। 

त्यस्तै, आजको बैठकमा राष्ट्रियसभा अध्यक्षले राष्ट्रियसभा अन्तर्गत गठित विषयगत समितिमा सदस्यहरूको मनोनयन गर्नेछन्।