जिदानले कतार विश्वकप २०२२ पछि फ्रान्सको प्रशिक्षण सम्हाल्ने भन्ने खबर बाहिरिरहेको छ। तर, उनले त्यसमा सत्यता नभएको बताएका छन्।
काठमाडौँ– स्पेनिस क्लब रियल मड्रिड छाडेयता जिनेदिन जिदानले प्रशिक्षकको नयाँ भूमिका सम्हालेका छैनन्। उनले रियलका लागि तीनपल्ट युरोपेली च्याम्पियन्स लिग उपाधि जिताइसकेका छन्।
प्रशिक्षणमा फर्कनका लागि उनी सबै प्रकारको सम्भावनालाई लिएर खुला छन्। उनलाई युरोपकै ठूला क्लबदेखि विभिन्न राष्ट्रिय फुटबल संघले समेत आफ्नो टोलीको जिम्मेवारी सम्हाल्न प्रस्ताव पनि गरिरहेका छन्। यद्यपि, यो अवधिमा उनले कुनै क्लब वा राष्ट्रिय टोलीसँग सम्झौता भने गरिसकेका छैनन्।
जिदानले यसअघि पनि इटालियन क्बल युभेन्ट्स र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)को प्रशिक्षण सम्हाल्ने खबर नबाहिरिएको भने होइन। तर, आफ्नो गन्तव्यबारे भने उनी ठोस रूपमा भन्न सकिरहेका छैनन्।
अहिले जिदानले कतार विश्वकप २०२२ पछि फ्रान्सको प्रशिक्षण सम्हाल्ने भन्ने खबर बाहिरिरहेको छ। तर, यस खबरमा भने कुनै सत्यता नरहेको उनी बताउँछन्।
"म अहिले कुनै पनि टोलीको प्रशिक्षणमा छैन। तर, म प्रशिक्षणमा फर्कने योजनाबाट धेरै टाढा पनि छैन," उनले भने, "प्रतीक्षा गर्नुहोस्। म मेरो नयाँ यात्राको बारेमा छिट्टै केही घोषणा गर्नेछु।"
सन् २०१८ को रूस विश्वकप विजेता फ्रान्स कतार विश्वकपमा उपाधि रक्षाको लक्ष्यमा रहेको छ। फ्रान्सले समूह ‘डी’ मा अस्ट्रेलिया, ट्युनेसिया र डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ। फ्रान्सले नोभेम्बर २२ मा अस्ट्रेलियाविरुद्धको खेलसँगै विश्वकप उपाधि रक्षाको यात्राको थालनी गर्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
