एमाले अध्यक्ष ओलीले जनतामाथि धोका र बेइमानी गर्नेहरूलाई बिस्तारै संसारले चिन्दै जाने बताएका छन्।
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शहीदका परिवार र घाइतेहरूलाई सरकारले सहयोग गर्नुपर्ने बताएका छन्। आइतबार काठमाडौँ आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूले ल्याएको सहयोगको प्रस्ताव रोकिएको उल्लेख गरे।
“मैले अभियान पनि चलाउन खोजेँ,” उनले “घाइतेहरूलाई आउनुहोस् सरकारले उपचार गराउँछ भनेर आह्वान पनि गरेँ। धेरै मानिसहरूलाई विभिन्न हिसाबले रोकियो।“ अभियानहरू रोक्ने खालका क्रियाकलाप विस्तार अन्त्य हुँदै जाने उनको धारणा छ।
उनले जनतामाथि धोका र बेइमानी गर्नेहरूलाई बिस्तारै संसारले चिन्दै जाने बताए। “स्वार्थ, बनावटी काम गर्ने, धोका र बेइमानीलाई आफ्नो चलाखी, श्रेष्ठता र कुशलता ठान्ने, देश र जनतालाई धोका दिने मानिसहरूलाई बिस्तारै दुनियाँले चिन्दै जान्छ। जसले जसलाई धोका दियोस्।“
उनले लडाउनेहरूको नियत खराब भए पनि योद्धा तथा शहीदहरूले देशका लागि लड्ने गरेको बताए। ठूलो क्षति पुगेपछि मात्र देखाइएका सपना भ्रमणपूर्ण रहेछन् भन्ने थाहा हुने गरेको इतिहास रहेको उनले उल्लेख गरे।
“कहिलेकाहीँ लडाउनेहरूको नियत खराब हुन सक्छ। सपना देखाउनेहरूको सपनाको वितरण भ्रमपूर्ण हुन सक्छ। लड्नेहरूको साँच्चिकै आफ्ना निम्तिभन्दा पनि अरूका निम्ति सुन्दर देखेर हिँडेका हुन्छन्” उनले भने “केही मान्छे आफ्नो इगो र स्वार्थका कारण भ्रमपूर्ण ढंगले भड्काइरहेका हुन्छ। त्यसले ठूलो क्षति पुर्याउँछ।“
भिडियो
शहीदलाई धोका दिनेहरूलाई एकदिन सबैले चिन्छन्: केपी ओली#kpoli pic.twitter.com/4sxPcJJQnz
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
