एमाले अध्यक्ष ओली विदेशी शक्तिदेखि देशभित्रकै प्रतिक्रियावादीले आफू र आफ्नो पार्टीलाई खेदिरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले ८० सिट हुँदा पनि प्रधानमन्त्रीको लोभ नगरेको बताएका छन्।
आइतबार काठमाडौँमा शहीद, घाइते तथा बेपत्ता परिवारको सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने “मैल ८० सिट हुँदा पनि प्रधानमन्त्रीको लोभ गरिनँ। बरु ३२ सिट भएकालाई दिएँ।“
उनले प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेस र नेकपा माओवादीसहित आठ दलको सहमतिप्रति व्यंग्य गर्दै ठूला कचौरामा दुधभात दिएपछि बिरालो छिमेकीमा जानु नौलो विषय नभएको बताए। उनले भने, “ठूलो कचौरामा दुधभात दिएपछि बिरालो छिमेकीकहाँ जानु अनौठो होइन। शर्तबन्दी के के छन् थाहा छैन, पछि खुल्दै जाला।“
उनले पछिल्लो समय आफ्नो विरोध नै नेपाली राजनीतिको अजेन्डा बनेको तर्क गरे। उनले विदेशी शक्तिदेखि देशभित्रकै प्रतिक्रियावादीले आफू र आफ्नो पार्टीलाई खेदिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले नेकपा एमालेको विरोधको अजेन्डा किन बन्दै छ प्रश्नसमेत गरे।
“एमाले खेदिएको किन हो?” उनले प्रश्न गर्दै भने, “अहिले सबैभन्दा बढी विदेशी शक्तिहरूबाट र देशभित्रका प्रतिक्रियावादीहरूबाट म किन खेदिएको छु, अहिले अरू कुनै अजेन्डा छैन, केपी ओलीको विरोध अजेन्डा छ। त्यो किन भएको छ। एमालेको विरोधको अजेन्डा किन भएको छ।”
ठुला कचौरामा दुधभात पाएपछि बिरालो छिमेकीकहाँ जानु अनौठो होइन: केपी ओली#kpsharmaoli pic.twitter.com/6ywWuPSHqI
— Ukaalo (@ukaalonews) February 26, 2023
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
