आइतबार कारोबारमा आएका २६२ कम्पनीको ६५ लाख १५ हजार ८५२ कित्ता सेयर २ अर्ब ५२ करोड ५० लाख ७१ हजार ८०६ रुपैयाँ बराबरको कारोबार भएको छ।
काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ। पछिल्लो एक साता निरन्तर रूपमा गिरावट आएको नेप्से परिसूचक आइतबार सकारात्मक देखिएको छ।
आइतबार नेप्से परिसूचक ४.५५ अंकले बढेर २०२७.१९ बिन्दुमा आएको पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.१३ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.१७ अंकले वृद्धि र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२५ अंक घटेको छ।
आइतबार कारोबारमा आएका २६२ कम्पनीको ६५ लाख १५ हजार ८५२ कित्ता सेयर २ अर्ब ५२ करोड ५० लाख ७१ हजार ८०६ रुपैयाँ बराबरको कारोबार भएको छ।
नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक नकारात्मक देखिएको छ भने आठवटा उपसमूहको परिसूचकमा सकारात्मक देखिएको छ। लघुवित्त वित्तीय संस्थाहरूको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ।
लघुवित्त उपसमूहको सूचक २.७८ प्रतिशतले बढेको छ भने फाइनान्स, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, अन्य, लगानी र निर्जीवन बिमा उपसमूहको सूचक सकारात्मक भएका छन्। व्यापार उपसमूहको सूचक १.४० प्रतिशतले घटेको छ।
आइतबार नेप्से परिसूचक बढेसँगै विजय लघुवित्तको सेयरमूल्य ७.९४ अंकले बढेको छ। ग्रिन डेभलपमेन्ट बैंक, अभियान लघुवित्त, मिर्मिरे लघुवित्त आरम्भ चौतारी लघुवित्तलगायतको सेयरमूल्य बढेको छ।
सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ५.३६ प्रतिशतले घटेको छ। आइतबार हिमालयन डिस्टिलरीको १० करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
