बेलायती प्रधानमन्त्री सुनकले ब्रेक्जिट प्रकियालाई चाँडोभन्दा चाँडो सम्पन्न गर्न चाहेको बताएका छन्।
बेलायती प्रधानमन्त्री ऋषि सुनकले नर्दन आयरल्यान्डको नयाँ ब्रेक्जिट सम्झौताका लागि सबथोक गर्ने बताएका छन्। ब्रेक्जिट प्रकियालाई चाँडोभन्दा चाँडो सम्पन्न गर्न चाहेको उनको भनाइ छ। यद्यपि, अहिलेसम्म बेलायत र युरोपेली युनियनसँग कुनै सम्झौता नभएको प्रधानमन्त्री सुनकले बताए।
डाउनिङ स्ट्रिटबाट सन्डे टाइम्सका लागि बोल्दै प्रधानमन्त्री सुनकले भने, “मैले यो साताभरि नै यसमा काम गरिरहेको छु। हामीले यसका लागि सबथोक दिनेछौँ। ब्रेक्जिट संयुक्त अधिराज्य (युके) भित्रका सबै क्षेत्रमा लागू हुनसक्छ भन्ने देखाउन चाहन्छु। ब्रेक्जिटसम्बन्धमा केही पूरा गर्न बाँकी कुराहरू पनि छन्। हामीले यसका लागि सब कुरा दिनेछौँ।“
यता, आइरिस प्रधानमन्त्री लियो भरडकरले पनि बेलायत र नर्दन आयरल्यान्डसँगको व्यापार सम्झौता निष्कर्षमा पुग्न केही इन्च मात्रै बाँकी रहेको बताएको बीबीसीले उल्लेख गरेको छ। सम्झौताका केही विषयमा सहमति हुन बाँकी रहेको र त्यो केही दिनभित्रै सम्पन्न हुने धारणा राखे। सम्झौता बेलायत, बेल्जियम र नर्दन आयरल्यान्डका लागि फाइदाजनक हुने उनको प्रतिक्रिया छ। यसअघि बेलायतले ईयू छाडेपछि बेलायतीका पूर्वप्रधानमन्त्री बोरिस जनसनले नर्दन आयरल्यान्ड ‘प्रोटोकल’मा सम्झौता गरेका थिए।
तर पछिल्लो समय आयरल्यान्डले ईयूका केही नियमलाई निरन्तरता दिँदै सामग्री आयात निर्यात गर्दा लाग्ने करमा छुट दिँदै आएको थियो। नर्दन आइरिस बन्दरगाहमा आएका बेलायत, स्कटल्यान्ड र वेल्सका सामग्रीको परीक्षण हुने गरेको छ।
नर्दन आयरल्यान्डका जनताको स्थायित्व कायम गर्ने विषय महत्त्वपूर्ण भएको भन्दै बेलायती प्रधानमन्त्री सनकले भने, “ईयूले नर्दन आयरल्यान्डलाई जानकारी नै नदिई नयाँ कानूनहरू लगाउन सक्छ, त्यो स्वीकार्य छैन। यहाँका जनता र समुदायका लागि सबैभन्दा उत्तम जे हुन्छ त्यसै हामी काम गर्छौं।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
