मुख्य प्रशिक्षक सामसनजंग थापाले घोषणा गरेको टोलीमा गौरव खड्का, गौतम केसी, अशोक पौडेल र रामाशिष महतोलाई वैकल्पिकका रूपमा राखिएको छ।
काठमाडौँ– बागमती प्रदेशले अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लको कप्तानीमा प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरेको छ। बागमतीले बुधबार मल्लको कप्तानीमा १४ सदस्सीय टोलीको घोषणा गरेको हो।
मुख्य प्रशिक्षक सामसनजंग थापाले घोषणा गरेको टोलीमा गौरव खड्का, गौतम केसी, अशोक पौडेल र रामाशिष महतोलाई वैकल्पिकका रूपमा राखिएको छ। यस्तै, युवा ब्याटर विवेक थापा मगर र दुर्गेश थापा पहिलो पटक बागमतीको सिनियर टोलीमा समेटिएका छन्।
विवेकले बागमतीको यू–१९ र नेपालको यू–१९ टोलीबाट खेलिसकेका छन्। विवेकले गत डिसेम्बरमा यू–१९ एसिया कपमा नेपालबाट खेल्दै कुवेतविरुद्ध अर्धशतक प्रहार गरेका थिए। यता, विकेटकिपर दुर्गेश थापा पनि पहिलो पटक टोलीमा परेका छन्। दुर्गेश र विवेक दुवैले ललितपुरबाट घरेलु क्रिकेट खेल्दै आएका छन्।
स्पिनर सोनु देवकोटा पनि बागमतीको टोलीमा फर्किएका छन्। उनले २०२० को काठमाडौँ मेयर्स कप खेलेका थिए। प्रधानमन्त्री कप कात्तिक १३ देखि २६ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुँदै छ।
बागमती समूह 'बी' मा छ। यस समूहमा बागमतीसँगै विभागीय टोली नेपाल पुलिस क्लब, लुम्बिनी, प्रदेश-१ र मधेश प्रदेश छन्। समूह ‘ए’ मा भने विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश छन्।
बागमतीले पहिलो खेलमा कात्तिक १३ मा मूलपानीमा पुलिससँग खेल्दै शुरूआत गर्नेछ। बागमतीले कात्तिक १५ मा प्रदेश १ सँग टियु, कात्तिक १६ मा मूलपानीमा लुम्बिनी र कात्तिक २१ मा मधेश प्रदेशसँग त्रिवि किक्रेट मैदानमा खेल्ने छ। शीर्ष दुईमा रहन सके सेमिफाइनल खेल्नेछ।
बागमतीको टोली: ज्ञानेन्द्र मल्ल (कप्तान), पृथु बाँस्कोटा, रित गौतम, विवेक रानामगर, दुर्गेश थापा (विकेटकिपर), आशुतोष घोइरोइया, ईशान पाण्डे, नन्दन यादव, रामनरेश गिरी, प्रतिश जिसी, रिजन ढकाल, सूर्य तामाङ, तिलकराज भण्डारी र सोनु सोनु देवकोटा।
वैकल्पिक खेलाडी: गौरव खड्का, गौतम केसी, अशोक पौडेल र रामाशिष महतो।
टिम प्रशिक्षक: स्यामसन जंग थापा
टिम व्यवस्थापक: सुजन महर्जन
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
