परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण प्रधानमन्त्रीले रोकेपछि एमालेले बोलायो सचिवालय बैठक, सरकारबाट बाहिरिन सक्ने
बैठकले पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपतिको निर्वाचनमा कसरी जाने भन्ने विषयमा पनि निर्णय गर्ने एमालेले जनाएको छ।
काठमाडौँ– नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा सचिवालयको बैठक बोलाइएको हो।
मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोकेपछि एमालेले सचिवालयको आकस्मिक बैठक बोलाएको हो। बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिदै बाहिरिने निर्णय गर्ने एक पदाधिकारीले संकेत गरे।
“मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको परराष्ट्रमन्त्री ज्यूको भ्रमण रोकेर प्रधानमन्त्रीले राम्रो काम गर्नुभएन। त्यसै विषयमा आज छलफल गरेर केही निर्णय हुन्छ होला,” ती पदाधिकारीले भने। आइतबार संयुक्त राष्ट्र संघको एक कार्यक्रममा स्वीट्जरल्यान्डको जेनेभा जाने तयारीमा रहेकी परराष्ट्रमन्त्री पौड्यालको भ्रमण अन्तिम समयमा आएर प्रधानमन्त्रीले रोकेका थिए।
मुख्यसचिव मार्फत खबर पठाएर मन्त्री पौड्यालको भ्रमण रोकिएको थियो। यस्तै आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपतिको निर्वाचनमा कसरी जाने भन्ने विषयमा पनि निर्णय हुने बताइएको छ।
मिसन ग्रासरूट अभियान र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि बैठकमा छलफल हुने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
