‘अफ्रिकन स्वाइन फिभर’ घरपालुवा सुँगुर, बँदेल, बंगुर प्रजातिमा भाइरसबाट लाग्ने उच्च मृत्युदर भएको अति खतरनाक सरुवा रोग हो।
चितवन– ‘अफ्रिकन स्वाइन फिभर’का कारण जिल्लामा दुई हजार ८७३ बंगुर मरेका छन्। भरतपुर महानगरपालिका, खैरहनी, रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिकाका १२ खोरमा पालिएका ती बंगुर मरेका हुन्।
भरतपुर –३ मा तीन , रत्ननगरमा चार , इच्छाकामनामा तीन र खैरहनीमा दुई फार्ममा रहेका बंगुरमा फिभर फैलिएपछि खोर खाली भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र भरतपुरका सूचना अधिकारी डा प्रभात न्यौपानेले बताए। वयस्क बंगुर एक हजार ९१६ र पाठापाठी ९५७ वटा मरेको केन्द्रको तथ्यांक छ। यसबाट छ करोड २२ लाख ६५ हजार रुपैयाँको क्षति भएको न्यौपानेको भनाइ द्छ। यो रोग गत साउनबाट जिल्लामा देखिएको हो।
अफ्रिकन स्वाइन फिभर घरपालुवा सुँगुर, बँदेल, बंगुर प्रजातिमा भाइरसबाट लाग्ने उच्च मृत्युदर भएको अति खतरनाक सरुवा रोग हो। यो रोग नेपालमा पहिलो पटक २०७९ जेठ २ गते पुष्टि भएको थियो। रोग संक्रमित सुँगुर बंगुरबीच प्रत्यक्ष सम्पर्कबाट, रोगी बंगुरको र्याल, मलमूत्र, रगत, मासु र लसपस भएको दानापानीबाट, ओसारपसार वा किनबेच गर्दा, खोरमा काम गर्ने कामदार र संक्रमित खोरमा गएको मानिसले लगाएको लुगाकपडा, जुत्ताचप्पल आदि प्रयोग गर्दा सर्नसक्ने सूचना अधिकारी न्यौपानेले बताए।
यो रोग लागेका बंगुर एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा निला डाम देखा पर्ने, कानका टुप्पामा रगत जमेका धब्बा देखिने, नाकबाट फिँज निकाल्ने, उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, झोक्राउने र दानापानी खान छोड्ने, बान्ता गर्ने, छटपटाउने, बच्चा तुहिनेजस्ता लक्षण देखा पर्ने केन्द्रले जनाएको छ।
यस रोगबाट बच्न बंगुरपालन गर्दा खोरमा थुनेर पाल्ने, खोरमा अनावश्यक मानिसको आवतजावत रोक्ने, फार्ममा जैविक सुरक्षा विधि अवलम्बन गर्ने जस्ता उपाय अपनाउनुपर्ने कार्यालयले जनाएको छ। बाहिरको बथानबाट नयाँ बंगुर ल्याएमा सिधै फार्ममा रहेका बंगुरसँग नमिसाई २१ दिन क्वारेन्टाइनमा राख्ने र रोग नदेखिएपछि मात्र बथानमा मिसाउने गर्नुपर्दछ।
फार्म र फार्म वरिपरि नियमित सरसफाइ गरी चुना, फिनेल, फार्मालिन, ब्लिचिङ पाउडर आदिले निःसंक्रमण गर्ने, रोग लागेका बंगुरलाई बथानबाट छुट्याएर अलग राख्नेजस्ता कार्य गर्दा क्षति कम हुने सूचना अधिकारी न्यौपानेको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
