प्रतितोला २०० रुपैयाँले घट्यो सुनको मूल्य

छापावाल सुन प्रतितोला एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौँ– नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ।

छापावाल सुन प्रतितोला एक लाख एक हजार ८०० र तेजाबी सुन एक लाख एक हजार ३०० रुपैयाँ तोकिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आइतबार दुवै सुन क्रमश: एक लाख दुई हजार र एक लाख दुई हजार ५०० रुपैयाँ थियो।

यस्तै चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।