सरकारबाट बाहिरियो एमाले, समर्थन पनि फिर्ता लिने निर्णय

एमाले सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको छ।

काठमाडौँ - नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको छ। 

सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्।

पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मन्त्रीहरूले आजै राजीनामा दिने शाक्यले बताइन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति निर्वाचनका लागि छुट्टै गठबन्धन बनाएर अघि बढ्ने निर्णय गरेपछि एमालेले यस्तो निर्णय गरेको हो। यसअघि आइतबार प्रधानमन्त्री दाहालले मानवअधिकार परिषद् बैठकमा भाग लिन जेनेभा जान लागेकी परराष्ट्र मन्त्री विमला पौड्यालाई अन्तिम समयमा रोकेका थिए। 

प्रधानमन्त्रीले पार्टीबाट मन्त्री रहेकी पौड्याललाई जेनेभा जान रोकेपछि एमालेले सचिवालय बैठक डाकेको थियो।