खानेपानीमन्त्री अब्दुल खानले खानीपानी संस्थाहरूमा राजनीति नगर्न कर्मचारीहरूलाई चेतावनी दिएका छन्।
काठमाडौँ– खानेपानीमन्त्री अब्दुल खानले खानेपानी संस्थानमा राजनीति नगर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन्।
सोमबार नेपाल खानेपानी संस्थानको ३४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री खानले खानेपानी संस्थानलाई राजनीतिक अखडा बनाए सह्य नहुने चेतावनी दिए। उनले खानेपानी संस्थान सर्वसाधारणलाई स्वच्छ र सफा खानेपानी वितरणका लागि निर्माण भएकाले त्यसलाई राजनीतिक अखडा बनाउन नहुने बताए।
उनले खानेपानी संस्थानमा बसेर पार्टी र व्यक्तिका लागि राजनीति नगर्न चेतावनी दिँदै राजनीति गर्न मन लागे फिल्डमा जान भने। उनले राजनीति गर्न मन लाग्ने कर्मचारीलाई अरू पार्टीले स्थान नदिए आफ्नो पार्टीमा राम्रो स्थान दिने बताए। “राजनीतिको अखडा नबनाऊँ। राजनीति गर्नु नै छ भने फिल्डमा आउनुस्, अरू पार्टीमा स्थान दिएनन् भने म मेरो पार्टीमा राम्रो स्थान दिन्छु”, उनले भने।
उनले कर्मचारीले खानेपानीको सुधार र खानेपानी सर्वसाधारणको घरमा पुर्याउनका लागि आन्दोलन गर्नुपर्ने बताए। “कर्मचारीले पार्टी र व्यक्तिको लागि आन्दोलन होइन, खानेपानीको लागि आन्दोलन गरौँ”, उनले भने। उनले खानेपानीका लागि बजेट नछुटाए र प्राथमिकतामा नराखे आफैँ त्यसको नेतृत्व गरेर प्रधानमन्त्री र अर्थमन्त्रीको कार्यालयमा घेर्ने उल्लेख गरे।
मन्त्री खानले काभ्रेपलान्चोकको पनौतीस्थित खानेपानी संस्थालाई निजीकरण गर्नुपर्ने कारणसहितको प्रतिवेदन सात दिनभित्र पेस गर्न संस्थानलाई निर्देशन दिए। उनले खानेपानी संस्थानहरूलाई निजीकरण गर्ने हो भने संस्थानमा रहेका कर्मचारी र सरकारको आवश्यक के हो भन्दै प्रश्नसमेत गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
