नेप्सेमा सामान्य अंकको गिरावट, १ अर्ब ८९ करोडको कारोबार

होटल तथा पर्यटन, म्युचुअल फन्ड, निर्जीवन बिमा, व्यापार र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सोमबार सामान्य अंकको गिरावट देखिएको छ। सोमबार नेप्से परिसूचक ३.६५ अंकले घटेर २०२३.५४ को बिन्दुमा कायम भएको हो। 

सोमबार २५९ वटा कम्पनीको ५१ लाख २० हजार ८८८ कित्ता शेयर ३७ हजार ३३८ पटक खरिद–बिक्री हुँदा एक अर्ब ८९ करोड ३७ लाख ३६ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

होटल तथा पर्यटन, म्युचुअल फन्ड, निर्जीवन बिमा, व्यापार र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। होटल तथा पर्यटन समूह ४३.८१, म्युचुअल फन्ड समूह ०.०७, निर्जीवन बिमा समूह ७.२७, व्यापार समूह १२.६५ र अन्य समूह ११.८० अंकले बढेको छ।

त्यस्तै, लघुवित्त समूहको उपसूचक सबैभन्दा धेरै ३९.३८ अंकले घटेको छ। बैंकिङ समूह १.३८, विकास बैंक समूह १३.०८, वित्त समूह २८.४७ र जलविद्युत् समूह ७.४१ अंकले घटेको छ। लगानी, जीवन बिमा र उत्पादन समूहको उपसूचकमा क्रमशः ०.३४, ८.९६ र २३.३७ अंकको गिरावट देखिएको पनि नेप्सले जनाएको छ।

सोमबारको कारोबारपछि सबैभन्दा धेरै स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य प्रतिकित्ता ९.७३ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गिरावट भने राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सेयर मूल्य ६.४३ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको ६ करोड ६८ लाख बराबरको सेयर खरिद बिक्री भएको छ।