कानुनले वर्जित गरेका फोहोर साइटमा पुर्याएकाले सुनौलो नेपाललाई ५० हजार रुपैयाँ जरिबाना गरिएको महानगरका वातावरण तथा कृषि विभागका प्रमुख रविनमान श्रेष्ठले बताए।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले सिसडोल ल्यान्डफिल साइटमा चिकित्साजन्य हानिकारक फोहोर पुर्याउनेलाई ५० हजार रुपैयाँ जरिबाना गरेको छ।
काठमाडौँ महानगरको वडा ५ मा रहेको सुनौलो परिवार नेपालले स्वास्थ्य उपचारका प्रयोग गरेका सिरिन्जलगायत सामान साइटमा पुर्याएको थियो।
कानुनले वर्जित गरेका फोहोर साइटमा पुर्याएकाले सुनौलो नेपाललाई ५० हजार रुपैयाँ जरिबाना गरिएको महानगरका वातावरण तथा कृषि विभागका प्रमुख रविनमान श्रेष्ठले बताए।
"महानगरले फोहोर व्यवस्थापनसँग सम्बन्धित अनधिकृत क्रियाकलापलाई नजिकबाट निगरानी गरिरहेको छ", उनले भने, "कानुनले वर्जित गरेका फोहोर साइटमा लैजाने जोसुकैलाई पनि कारबाही गर्छौं।"
अहिले काठमाडौँसहित उपत्यकाका सबै नगरको फोहोर बञ्चरेडाँडास्थित साइटमा व्यवस्थापन भइरहेको छ। यहाँ सामान्य फोहोर मात्र लैजान मिल्ने महानगरको भनाइ छ।
हानिकारक फोहोरलाई उत्पादक आफैँले निर्मलीकरण गरेर सामान्य फोहोरमा बदलेपछि सामान्य प्रक्रियाबाट लैजान सकिने प्रमुख श्रेष्ठको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
