तनहुँको दमौली अस्पतालस्थित मिर्गौला उपचार केन्द्रमा ५० जना बिरामीले डायलिसिस सेवा लिइरहेका छन्।
दमौली– तनहुँको दमौली अस्पतालमा मिर्गौला उपचार केन्द्र सञ्चालनमा छ।
राष्ट्रिय मिर्गौला उपचार केन्द्रमार्फत नौ वर्षदेखि सञ्चालित उक्त मिर्गौला केन्द्रमा हाल ५० जना पीडितले डायलिसिस सेवा लिइरहेका छन्। अझै ३० मिर्गौलापीडित डायलायसिसका लागि पालो पर्खिँदै छन्। तनहुँका विभिन्न ठाउँका उनीहरू केन्द्रमा नाम टिपाएर पालो पर्खिरहेका छन् । तर, नियमित रूपमा डायलिसिस गराउनुपर्ने भएकाले जिल्लामा पालो नपाएपछि पोखरा पुग्नुपर्ने बाध्यता छ।
जिल्लामै डायलायसिस सेवा लिनका लागि उनीहरूले नाम टिपाए पनि पालो नपाएको उपचार केन्द्रका प्रमुख शैलेन्द्र पण्डितले जानकारी दिए। “३० जना तनहुँकै मिर्गौलापीडित अहिले बाहिरी जिल्लामा गएर डायलायसिस गराइरहनुभएको छ। यहीँ नै भयो भने उहाँहरूलाई सहज हुन्छ,” उनले भने, “तर अहिले ठाउँ खाली छैन।” उपचार केन्द्रमा डायलिसिस गराइरहेकाले मिर्गौला प्रत्यारोपण वा अन्यत्रै स्थानान्तरण भएर गए मात्रै नयाँले मौका पाउने अवस्था रहेको उनले बताए।
सरकारको नीतिबमोजिम उपचार केन्द्र औपचारिक रूपमा दमौली अस्पताललाई हस्तान्तरण गरिसकिएको छ। २०७२ मंसिर ३ गते अस्पतालमा डायलिसिस युनिट सञ्चालनमा आएको थियो। उक्त युनिट गत कात्तिक २४ गते दमौली अस्पताललाई हस्तान्तरण गरिसकिएको छ। युनिटमा हालसम्म २२८ ले डायलिसिस सेवा लिएका छन्। लमजुङ, गोरखा, स्याङ्जा, कास्की जिल्लाका बिरामीले केन्द्रबाट नियमित रूपमा डायलिसिस सेवा लिइरहेका छन्। हेल्थ केयर फाउन्डेसन अफ नेपालले दमौली अस्पतालमा डायलिसिस केन्द्र स्थापना गरेको थियो।
केन्द्रका लागि मञ्जु उपाध्यायले आफ्ना श्रीमान्को स्मृतिमा शुरूमा एक करोड २५ लाख सहयोग गरेकी थिइन्। केन्द्रमा शुरूमा एक करोड २० लाख रुपैयाँमा छ वटा डायलिसिस उपकरण जडान गरिएको थियो। पछि दुई वटा उपकरण थपिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
