कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले ओली निवास बालकोट पुगेर बुझाएको पत्रमा देउवाले राष्ट्रपतिमा पौडेललाई विजयी गराउन उपयुक्त हुने उल्लेख गरेका छन्।
काठमाडौँ– कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्न अनुरोध गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन्।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले ओली निवास बालकोट पुगेर देउवाको पत्र बुझाएका हुन्। पत्रमा देउवाले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई विजयी गराउन उपयुक्त हुने उल्लेख गरेका छन्। सालिन, बौद्धिक र सु–संस्कृत छविका पौडेल लोकतान्त्रिक आन्दोलनका एक अग्रज व्यक्तित्व रहेको पत्रमा उल्लेख छ।
“विमतिबीच पनि सहमतिको प्रयास अनि प्रतिस्पर्धाबीच पनि आपसमा मत माग्ने संस्कृति हाम्रो विशिष्ट पहिचान रहिआएको छ,” पत्रमा भनिएको छ, “यही पृष्ठभूमिमा माननीय पौडेलका लागि राष्ट्रपतिमा तपाईँ समेतसँग मत माग्नु र विमतिबीचको प्रतिस्पर्धामा पनि हार्दिकता प्रकट गर्नु आफ्नो कर्तव्य ठानेको छु।”
एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार छन्। एमालेले भने कांग्रेसबाहेका दललाई राष्ट्रपतिमा समर्थन गर्न पत्र लेखिसकेको छ। राष्ट्रपतिका लागि फागुन २५ गते निर्वाचन हुँदै छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
