सप्तरीमा सवारी दुर्घटना, ३ जनाको मृत्यु

दुर्घटनामा सुनसरीको दुहबी नगरपालिका–३ का सञ्जय चौधरी, राजकुमारी चौधरी र हरेराम शाहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सप्तरी– कञ्चनरुप नगरपालिकामा मंगलबार बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

कञ्चनरुप –९ विष्णु मन्दिर नजिक पूर्व–पश्चिम राजमार्गमा दुई वटा जिप एकापसमा ठोक्किएर दुर्घटना भएको हो। सुनसरीको दुहबी नगरपालिका–३ का सञ्जय चौधरी, राजकुमारी चौधरी र हरेराम शाहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा १२ जना घाइते भएको सप्तरीका एसपी नरेन्द्र कार्कीले बताए। उनीहरूलाई उपचारका लागि उपचारका लागि विराटनगर पठाइएको एसपी कार्कीले बताए।