नेपालमा यस्तो प्रकृतिको शल्यक्रिया सफल भएको यो तेस्रो घटना रहेको कार्डियोथोरासिस तथा भाष्कुलर सर्जन प्रा. डा. अनिल आचार्यले बताए।
चितवन– चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालमा नवजात शिशुको मुटुको जटिल शल्यक्रिया सफल भएको छ।
भरतपुर–१ ठिमुराका २४ वर्षीय मिलन प्रजा र २० वर्षीया सविता प्रजाकी ३५ दिनकी छोरी महिमा प्रजाको मुटुको डीटीजीए (डेस्ट्रो ट्रान्सपोजिसन अफ ग्रेट आर्टरिज)को शल्यक्रिया गरिएको हो। कार्डियोथोरासिस तथा भाष्कुलर सर्जन प्रा. डा. अनिल आचार्य नेतृत्वको टोलीले शिशुको शल्यक्रिया गरेको हो।
डीटीजीए शल्यक्रिया नेपालमा सफल भएको यो तेस्रो घटना भएको प्रा डा आचार्यले बताए। उनका अनुसार मानिसको मुटुको तल्लो दाहिने कोठाबाट फोक्सोमा रगत जाने र देब्रेतिरको तल्लो कोठाबाट शरीरमा रगत जाने रक्तनली हुन्छन्। “दाहिनेतर्फ फोक्सोमा गएको रगत शुद्ध भएपछि देब्रे कोठामा आएर देब्रे कोठाले शुद्ध रगत शरीरमा पठाउनुपर्नेमा शिशुको रक्तनली ठिक उल्टो थियो,” डा. आचार्यले भने, “मलाई थाहा भएसम्म नेपालमा यस्तो प्रकृतिको शल्यक्रिया सफल भएको यो तेस्रो हो। यस्ता प्रकृतिको शल्यक्रिया गर्दा मृत्युदर ९० प्रतिशतसम्म हुन्छ।”
यस्तो प्रकृतिको शल्यक्रियामा कोरोनरी आर्टरिजका नलीहरूको समेत ठाउँ बदल्नुपर्ने उनले बताए। “हामीले त्यो ठाउँ पनि बदल्यौँ। महिमामा अब कुनै समस्या छैन,” उनले भने। नवजात शिशुलाई बेहोस बनाएर शल्यक्रिया गर्न निकै जटिल हुने उनको भनाइ छ। माघ २३ अस्पताल भर्ना भएकी महिमाको २५ गते शल्यक्रिया गरिएको हो। शल्यक्रियामा डा. आचार्यसहित डा. अल्का सिंह, एनेस्थेसियोलोजिष्ट डा. प्रवेश ज्ञवाली, परफूजनिस्ट (शल्यक्रिया गर्दा मुटु र फोक्सो चलाउने मेसिन सञ्चालन गर्ने) गोविन्द बधनगरिया, बालरोग विशेषज्ञ डा. विराज पराजुली र नर्सहरूको टोली संलग्न थिए।
भरतपुर अस्पतालका चिकित्सकले निमोनियाको शंका गरेर महिमालाई सिफारिस गरेका थिए। २० दिन एनआईसीयूमा राखेर उपचारपछि महिमा अहिले पूर्ण रूपमा निको भएकी छिन्। अस्पतालले उनलाई डिस्चार्ज गर्ने तयारी गरेको छ। खेती किसानी र ज्याला मजदुरी गर्ने मिलनलाई छोरीको उपचार गर्न आर्थिक अभाव भएको छ।
छोरीको उपचारमा पाँच लाखभन्दा बढी खर्च भइसकेको मिलनले बताए। काठमाडौँको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मनमोहन कार्डियोथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा १५ वर्षमुनि र ७५ वर्षमाथिका व्यक्तिको मुटुको उपचार निःशुल्क हुने भए पनि उपत्यका बाहिर सरकारले यो सुविधा दिएको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
