व्यापारिक मार्ग, कर, औषधिलगायत विषयमा नयाँ सम्झौता भएको हो। बेलायतबाट नर्दन आयरल्यान्डका लागि ढुवानी हुने सामग्रीका लागि अब दुई वटा मार्ग प्रयोग हुनेछ।
नर्दन आयरल्यान्ड (संयुक्त अधिराज्यको सार्वभौम भूभाग) सम्बन्धमा बेलायत र युरोपियन युनियन (इयू)बीच नयाँ व्यापार सम्झौता भएको छ।
बेलायती प्रधानमन्त्री ऋषि सुनक र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लियनले सम्झौतालाई निर्णायक सफलता भन्दै स्वागत गरेका छन्। सन् २०२३ फेब्रुअरी २७ मा यो नयाँ सम्झौता ‘विन्डजर फ्रेमवर्क’ भएको हो। ब्रेक्जिट (इयूबाट बेलायतको बर्हिगमन)पछि नर्दन आयरल्यान्डमा परेको प्रभावलाई सम्बोधन गर्न ‘विन्डजर फ्रेमवर्क’ भएको हो। यसले ब्रेक्जिटपछि नर्दन आयरल्यान्डको व्यापार र राजनीतिमा परेको प्रभाव समाधान गर्ने बताइएको छ।
सम्झौतापछि बेलायतभर निर्वाध रूपमा सामग्रीको प्रवाह हुनुका साथै नर्दन आयरल्यान्डको स्थान सुरक्षित हुने र जनताको सार्वभौमिकता रक्षा हुने पनि बेलायती प्रधानमन्त्री सुनकले प्रतिबद्धता जनाएको बीबीसीले उल्लेख गरेको छ।
‘विन्डजर फ्रेमर्वक’मा के के छ?
‘विन्डजर फ्रेमर्वक’मा व्यापारिक मार्ग, कर, औषधि तथा स्टोरमोन्ट ब्रेकका सम्बन्धमा सहमति जुटेको हो। सम्झौताअनुसार बेलायतबाट नर्दन आयरल्यान्ड जाने ढुवानीका लागि अब दुई वटा मार्ग प्रयोग हुनेछन्।
नर्दन आयरल्यान्ड हुँदै रिपब्लिक अफ आयरल्यान्ड (ईयूको एक देश)तर्फ ढुवानी हुने सामग्री बोकेका सवारी रातो लेनमार्फत जाने र आइरिस समुद्र पार गर्नुपूर्व भन्सारसहित सबै प्रकारका जाँच गर्नुपर्ने सम्झौतामा उल्लेख छ।
यस्तै, नर्दन आयरल्यान्डका लागि ढुवानी हुने र त्यहाँबाट बेलायत ल्याउने लैजाने सामग्री तथा औषधिहरू हरियो लेनमार्फत लगिएको छ। यसरी काम गर्दा बेलायतबाट अनलाइनमार्फत सामान खरिद गर्नेहरूलाई पनि लाभ मिल्ने र अन्य कागजी झमेला बेहोर्नु नपर्ने बेलायती प्रधानमन्त्री सुनकले बताए।
साथै, उनले संयुक्त अधिराज्यका सुपरमार्केटहरूमा भएका खाद्यान्न नर्दन आयरल्यान्डमा पनि उपलब्ध हुने प्रतिबद्धता जनाए। “यो भनेको हामीले आइरिस समुद्रमा सबै प्रकारका सीमा हटाएका छौँ,” सुनकले भने। साथै, कर तथा अन्य विषयमा बेलायतको निर्णय कार्यान्वयन गराउन विद्यमान नियम पनि संशोधन गरिसकिएको बताइएको छ।
यो क्षेत्र एकल बजार नीतिमा चलेकाले पहिले सबै निर्णय बेल्जियमको ब्रसेल्सबाट हुने गरेका थिए। अब भने बेलायतमा नियम परिवर्नत हुनेबित्तिकै नर्दन आयरल्यान्डमा पनि सोही नियम लागू हुनेछन्। प्रधानमन्त्री सुनकले भने, “अहिले बेलायती पबहरूमा बियरको मूल्य घटाउने निर्णय भएको छ र यो नर्दन आयरल्यान्डमा पनि लागू हुनेछ।”
बेलायतमा मात्रै प्रयोग गरिने भनेर लेखिएका सबै औषधिहरू नर्दन आयरल्यान्डका अस्पताल र फार्मेसीहरूमा पनि उपलब्ध हुनेछन्। यस्तै, घरपालुवा जनावर लिएर यात्रा गर्न गर्दा थप कागजातहरू आवश्यक पर्ने छैनन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
