यू–१९ विश्वकप छनोट : मलेसियाद्वारा नेपाललाई ७३ रनको लक्ष्य

नेपालका दीपेश कँडेलले १० ओभर बलिङ गर्दै ११ रन खर्चिएर ४ विकेट लिए।

काठमाडौँ– आईसीसी यू–१९ विश्वकप एशियाली छनोट प्रतियोगितामा मलेसियाले नेपाललाई ७३ रनको लक्ष्य दिएको छ।

मलेक क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले ३५.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको हो। मलेसियाका मोहम्मद अकरम मलिकले सर्वाधिक २६ रन बनाए।

उनले ५१ बलमा ३ चौका प्रहार गरे। मोहम्मद हरिसन र मोहम्मद साहिरिले १२/१२ रन बनाए। मलेसियाका अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

नेपालका दीपेश कँडेलले १० ओभर बलिङ गर्दै ११ रन खर्चिएर ४ विकेट लिए। आकाश चन्दले ३ विकेट लिए। उनले ४.३ ओभरमा ९ रन खर्चिए।

मिलन बोहराले २ विकेट लिँदा सुवास भण्डारीको नाममा १ विकेट रह्यो।