वर्ष महिला खेलाडीको मनोनयनमा भलिबलकी अरुणा शाही, क्रिकेटकी रुबिना क्षेत्री र सीता राना मगर, एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिडकी पुनम रावल परेका छन्।
काठमाडौँ– एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गत चार विधाको मनोनयन सार्वजनिक भएको छ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मंगलबार पत्रकार सम्मेलन गर्दै मनोनयनमा पर्ने खेलाडीको नाम सार्वजनिक गरेको हो। वर्ष पुरुष खेलाडीको मनोनयनमा फुटबलका अञ्जन विष्ट र किरण चेम्जोङ, क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी तथा ब्याडमिन्टनका प्रिन्स दाहाल परेका छन्।
यस्तै वर्ष महिला खेलाडीको मनोनयनमा भलिबलकी अरुणा शाही, क्रिकेटकी रुबिना क्षेत्री र सीता राना मगर एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावल परेका छन्। वर्ष युवा खेलाडीको मनोनयनमा फुटबलका मनीष डाँगी, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन, फुटबलकी प्रीति राई र भलिबलकी उषा भण्डारी रहेका छन्।
वर्ष प्रशिक्षकतर्फ फुटबलका अब्दुल्लाह अलमुताइरी, क्रिकेटका डेभ वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट मनोनयनमा परेका छन्।
मञ्चका सचिव अन्जन खड्काको संयोजकत्वमा गठित समितिले मनोनयनमा पर्ने खेलाडी तथा प्रशिक्षकको छनोट गरेको हो। २०७८ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त उपलब्धिका आधारमा खेलाडीलाई मनोनीत गरिएको छनोट समितिका संयोजक खड्काले बताए।
वर्ष खेलाडी पुरुष, महिला, पिपुल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिने मञ्चले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
