अमेरिकी एक महिलालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको तीन वर्षसम्म निको भएको छैन, जसका कारण उनको जीवन पीडादायी बनेको छ।
अमेरिकाको मासाचुसेट्सकी ४४ वर्षीया जेन्या ग्रोडिनलाई कोभिड भाइरसको संक्रमण पुष्टि भएको तीन वर्षसम्म पनि निको भएको छैन। उनमा सन् २०२० को मार्चमा कोभिड संक्रमण पुष्टि भएको थियो। निरन्तरको सघन उपचारपछि पनि उनको रिपोर्ट नेगेटिभ नआएको हो।
कोरोना संक्रमणको महामारीका कारण विश्वभर लाखौँ मानिसले ज्यान गुमाए। कैयौँ अहिले पनि संक्रमित छन् भने धेरैको उपचारपछि निको भएका छन्। तर एक व्यक्तिलाई निरन्तर कोरोना पोजेटिभ देखिइरहनु आश्चर्यजनक छ। यस्तो लाखौँमध्ये एक व्यक्तिमा हुने विज्ञहरूको भनाइ उद्धृत गर्दै डीडब्लूले उल्लेख गरेको छ।
कोरोना संक्रमितमा अत्यधिक थकान महसुस हुने, अल्छी लाग्ने, सोच्ने क्षमतामा समस्या आउने, निद्रा नलाग्नेसहित २० वटाभन्दा बढी लक्षण देखा पर्ने विज्ञहरूको भनाइ छ। जेन्यालाई भने शरीरमा निरन्तर दुखाइ हुने लक्षण छ। यसै कारण उनी धेरै हिँडडुल गर्न र कामकाजमा संलग्न हुन सकेकी छैनन्। उनको दैनिक पनि कष्टकर बनेको छ।
वासिंटन विश्वविद्यालयको एक अध्ययनअनुसार पुरुषको तुलनामा महिलामा ‘लङ कोभिड’को सम्भावना बढी हुन्छ। सामान्यतया लङ कोभिड एक वर्षको हुन्छ।
कोरोना लागेका मानिसको रिपोर्ट नेगेटिभ आइसकेपछि पनि कोरोनाका लक्षणहरू रहिरहन सक्ने विज्ञहरू बताउँछन्। तर ३ वर्षसम्म पनि लगातार कोभिड देखिरहेको कारणबारे पत्ता लागेको छैन। ती महिलाको रिपोर्ट किन अझै किन पोजेटिभ देखाइरहेको छ यकिन छैन। शारीरिक दुखाइका कारण उनको दैनिक पीडादायी बनिरहेको बताइन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
