उद्योगबाट निस्केको फोहोर सिर्सिया नदीमा फाल्ने तीनवटा ट्याक्टरलाई वीरगन्ज महानगरपालिकाले कारबाही गरेको छ।
वीरगन्ज- उद्योगबाट निस्केको फोहोर सिर्सिया नदीमा फाल्ने तीनवटा ट्याक्टरलाई वीरगन्ज महानगरपालिकाले नियन्त्रणमा लिएर कारबाही गरेको छ।
महानगरले वडा नम्बर २१ स्थित सिर्सिया नदीमा फोहोर फालिरहेको अवस्थामा फेला परेका तीनवटा ट्याक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरेको हो।
कारबाहीमा पर्नेहरूमा प्र २–०३–००१ त ४८७, ना १८ त ६८८९ र ना ७ त ५३८९ नम्बरका चालक रहेको महानगरले जनाएको छ।
तीनवटै ट्याक्टरलाई महानगरले नियन्त्रणमा लिई १/१ हजार जरिबाना गरी छाडिएको हो।
महानगरले सिर्सिया नदी प्रदूषण नियन्त्रण अभियान चलाइरहेको छ। यस्तोमा नदी प्रदूषण गर्ने जोकोहीलाई पनि कारबाही गर्ने रणनीति महानगरले अनुगमन थालेको महानगर प्रमुख राजेशमान सिंहले बताए।
नदी प्रदूषण नियन्त्रणका लागि महानगरले समिति नै बनाएर अनुगमनलाई तीव्रता दिइरहेको उनले बताए।
नदी तटमा रहेका उद्योगहरूले त्यहाँबाट निस्कने फोहोर जथाभाबी फालिदिँदा सिर्सिया नदी प्रदूषित हुने गरेको छ।
त्यस्तै, महानगरले नदी प्रदूषण गर्ने उद्योगहरूलाई समेत पत्र पठाइ चेतावनी दिएको छ। महानगरले मरियम लेदरसहित ५ वटा उद्योगलाई पत्र पठाई चेतावनी दिएको हो।
उद्योगकै कारण वीरगन्जको सिर्सिया नदी प्रदूषण हुँदै आएको छ। महानगर प्रमुख सिंहले आज उद्योगबाट निस्केको फोहोर नदीमा ल्याएर फाल्ने ट्याक्टरलाई चेतावनीस्वरूप कारबाही गरिएको बताउँदै आगामी दिनमा फोहोर पानी सोझै नदीमा मिसाउने उद्योगलाई कारबाही गरिने बताए।
यो पनिः
औद्योगिक फोहोरको कहर : पर्साका दर्जन गाउँमा हुन छाड्यो तरकारी खेती, जीवन नै संकटमा
सिर्सिया नदी प्रदूषित गरेर मानव र जलचरको जीवन नै जोखिममा धकेलिरहेका उद्योगहरू
सिर्सिया नदी प्रदूषित गर्ने उद्योगहरूलाई कारबाही गर्ने निर्णय, ताते स्थानीय सरकार र प्रशासन
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
