उपसभामुख रानाले आफ्नो कार्यकालभर अविचलित, निडर र तटस्थ भएर काम गर्ने बताइन्।
उपसभामुख इन्दिरा रानाले प्रतिनिधिसभा बैठक छोडेर सांसदहरू बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्। मंगलबार काठमाडौँमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उपसभामुख रानाले सांसदहरू प्रतिनिधिसभा बैठक छाडेर बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन्।
उनले प्रतिनिधिसभा सांसदविहीन हुँदा आफूलाई ‘इरिटेड’ हुने गरेको र आफ्नो ‘प्रेसर’ पनि बढेको बताइन्। "प्रतिनिधिसभामा खालीखाली सिट देख्दा दुःख लाग्छ। घरीघरी धैर्यता लिँदालिँदै पनि इरिटेड हुन्छ। मलाई त प्रेसर पनि आइसक्यो। अस्तिसम्म त प्रेसर पनि थिएन," उनले भनिन्।
उनले आफूले कुनै पनि काम अनुशासित भएर दिलदेखि गर्ने उल्लेख गर्दै सांसद अनुपस्थितिबारे जनतालाई के जवाफ दिने भनी प्रश्न गरिन्। संसद्मा जनताका कुरालाई अनुशासित र मर्यादित रूपले उठाउने र विधेयक बनाउने उनले उल्लेख गरिन्।
उपसभामुख रानाले आफ्नो कार्यकालभर अविचलित, निडर र तटस्थ भएर काम गर्ने बताइन्। उपसभामुखका रूपमा काठमाडौँमा मात्र नबसी जनताका कुराहरू सुन्न आफू जिल्ला–जिल्लामा पुग्ने उनको भनाइ छ।
"उपसभामुख भएको एक महिना भएको छैन मैले पाँच वटा जिल्ला भिजिट गरिसकेँ। खर्च, दुःख छ, तर पनि जबसम्म हामी फिल्डमा गएर बुझ्दैनौँ, जनताका आवाजहरू आफ्नै कानले सुन्दैनौँ, आफ्नै आँखाले देख्दैनौँ, तबसम्म ती कुराहरू संवेदनशील लाग्दैनन्," उनले भनिन्।
उपसभामुख रानाले महिलाहरू समानुपातिक र समावेशिताका दृष्टिले मात्रै नभई खुला रूपमा पनि राज्यका विभिन्न तहमा पुग्नुपर्ने बताइन्। राज्यका निकायमा ५० प्रतिशत महिला पुर्याउन प्रयास गर्नुपर्ने उनको भनाइ छ। "हामी एउटा राजनीतिक पार्टीको रबरस्ट्याम्प हुने होइन। हामीले आफ्नो ठाउँमा आफ्नो भूमिका खोजिहाल्नु पर्छ", उनले भनिन्।
उपसभामुख रानाले सीमान्तकृत बालबालिका, असहाय बालबालिका र ज्येष्ठ नागरिकका लागि देशले राम्रो कानून नबनाएको देखेर आफू राजनीतिमा आएको बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
