ग्रिसको उत्तरी क्षेत्रमा मंगलबार राति यात्रुवाहक र कार्गो रेल आपसमा ठोक्किएका हुन्। रेलमा ३५० जना सवार थिए।
ग्रिसको उत्तरी क्षेत्रमा रेल दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको छ। ८५ जना घाइते भएका छन्।
लरिस्सा शहरमा मंगलबार राति यात्रुवाहक र कार्गो रेल आपसमा ठोक्किएर दुर्घटना भएको ग्रिसको आकस्मिक सेवाले जनाएको छ। थेसालोनिकीदेखि लरिस्सातर्फ गइरहेको यात्रुवाहक रेल कार्गो रेलसँग लरिस्सा नजिकै टेम्पी भन्ने स्थानमा ठोक्किएको थियो।
बीबीसीका अनुसार रेलमा ३५० जना सवार थिए। दुर्घटना स्थलमा उद्धारका लागि १५० वटा दमकल र ४० वटा एम्बुलेन्स र उद्धारकर्ताको टोली परिचालन गरिएका छन्।
शक्तिशाली दुर्घटना भएको र उद्धारमा कठिनाइ भएको थेसाली क्षेत्रका गभर्नर कोस्तास अगोरातोसलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ। उद्धार कार्य जारी छ। दुर्घटनाको कारण भने खुलेको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
