चोटका कारण गत वर्ष सेप्टेम्बरमा टोलीबाट बाहिरिएका बुमराहले एसिया कप र टी–२० विश्वकप गुमाएका थिए।
भारतीय तीव्र गतिका बलर जसप्रित बुमराहले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ गुमाउने भएका छन्।
२९ वर्षीय बुमराह ढाडको चोटका कारण भारतीय टोलीबाट समेत बाहिर रहेका थिए। उक्त चोटको शल्यक्रिया गर्नुपर्ने भएपछि उनी आईपीएलबाट समेत बाहिरिएका हुन्।
बुमराह आईपीएलमा मुम्बई इन्डियन्सबाट खेल्छन्। उनी हाल राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए), बैंग्लोरमा रिह्याबमा छन्। चोटका कारण गत वर्ष सेप्टेम्बरमा टोलीबाट बाहिरिएका उनले एसिया कप र टी–२० विश्वकप गुमाएका थिए। उनले सेप्टेम्बर २५ मा हैदरावादमा अस्ट्रेलियाविरुद्ध अन्तिम खेल खेलेका थिए।
भारत विश्व टेस्ट च्याम्पियनसिप (डब्ल्यूटीसी)को फाइनलमा पुग्ने अवस्थामा बुमराहले खेल्नेमा पनि शंका उब्जिएको छ। डब्ल्यूटीसीको फाइनल जुलाईमा इंग्ल्यान्डमा हुनेछ। उनी अक्टोबर–नोभेम्बरमा हुने एकदिवसीय विश्वकपमा फर्कन सक्नेछन्। एकदिवसीय विश्वकप भारतमा हुँदै छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
