सीआईबीले शंकास्पदरूपमा विदेशबाट रकम भित्र्याएको लगायतका अभियोगमा व्यवसायी पृथ्वीबहादुर शाह र उनका सहयोगीमाथि विभिन्न चारवटा मुद्दा चलाउन राय दिएको छ।
काठमाडौँ- प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले व्यवसायी पृथ्वीबहादुर शाह र उनका सहयोगीमाथि विभिन्न चारवटा मुद्दा चलाउन राय दिएको छ।
सीआईबीले शाहको मुद्दासम्बन्धीको अनुसन्धान प्रतिवेदनमा चारवटा अभियोगमा मुद्दा चलाउन राय दिँदै प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको हो। शाहले अमेरिकाबाट शंकास्पदरूपमा रकम भित्र्याएको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको थियो।
उनले पटकपटक गरी ३८ करोड ८६ लाख भन्दा धेरै रकम ठगी गरी नेपाल भित्र्याएको सीआईबीले अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। सो रकम भित्र्याउन उनले २४ भन्दा बढी कम्पनीहरूको स्थापना गरेको सीआईबीले जनाएको छ।
सीबीआईले उनलाई उद्देश्य विपरीत आधिकारिक निकायबाट अनुमति नलिई विदेशी लगानी भित्र्याएको, अमेरिकी नागरिकहरूको बैंक खातामा पहुँच पुर्याइ रकम निकाल्ने गरेको, नक्कली स्टेटमेन्ट पठाइ रकम जम्मा भएको बताइ उक्त रकम फिर्ता गर्न लगाएको लगायतका आरोप लगाएको छ।
उल्लिखित आरोपहरूमा सीआईबीले पृथ्वीबहादुर शाह विरुद्ध लिखत कीर्ते गरेको, ठगी र संगठित अपराधका मुद्दा चलाउने राय सीआईबीको छ।
त्यस्तै, उनका सहयोगी विजयविक्रम शाहविरुद्ध सहकारी ठगी, लिखत कीर्ते गरेको, ठगी र संगठित अपराधको मुद्दा चलाउनुपर्ने सीआईबीको राय छ। त्यस्तै, ठगी र संगठित अपराधमा पृथ्वीबहादुर शाह र विजयविक्रम शाहसँगै पक्राउ परेका अन्य ६ जना र फरार रहेका १३ जनाविरुद्ध पनि सोही अभियोगमा मुद्दा चलाउन पर्ने सीआईबीको राय छ।


यो पनि ः पृथ्वीबहादुरको ‘वायर फ्रड’, विदेशीलाई ठगेर नेपालका बैंकमा पैसा जम्मा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
