भारतबाट खाना पकाउने ग्यासबाहेक अन्य सबै इन्धनको मूल्य घटेर आए पनि उपभोक्ता मूल्य हाललाई यथावत् राखिएको निगमले जनाएको छ।
काठमाडौँ– सरकारले तत्काल इन्धनको मूल्य नघटाउने भएको छ।
नेपाल आयल निगमले बुधबार साँझ विज्ञप्ति जारी गरी भारतबाट खाना पकाउने ग्यासबाहेक अन्य सबै प्रकारका इन्धनको मूल्य घटेर आए पनि उपभोक्ता मूल्य हाललाई यथावत् राख्ने निर्णय गरेको जनाएको हो।
“आम उपभोक्ताको हितलाई मध्यनजर गरी हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको छ,” निगमको विज्ञप्तिमा भनिएको छ। नयाँ मूल्यअनुसार निगमलाई डिजेलको लागत ५ रुपैयाँ ५ पैसाले घटेर आएको छ।
यस्तै पेट्रोलमा १ रुपैयाँ २१ पैसा, मट्टितेलमा ३ रुपैयाँ ४० पैसा र हवाई इन्धनमा ७ रुपैयाँ ३ पैसा मूल्य घटेर आएको छ। निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्यासको लागत प्रतिसिलिन्डर ३३९ रुपैयाँले बढेको छ। पछिल्लो मूल्यपछि निगमलाई १५ दिनमा ४४ करोड रुपैयाँ नाफा छ।
गत आर्थिक वर्षको नोक्सानीबाट ऋण र बक्यौता गरेर साढे १५ अर्ब रुपैयाँ दायित्व भने बाँकी नै रहेको निगमले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
