बागलुङ बजारस्थित आयुर्वेद औषधालयबाट स्वास्थ्य विभागले सिफारिस गरेका ९५ मध्ये २३ प्रकारका औषधि उपलब्ध हुने गरेको छ।
ढोरपाटन– कोरोना संक्रमण फैलिनु अगाडि धौलागिरि आयुर्वेद औषधालय पुग्ने बिरामी निकै कम थिए। त्यसपछि भने औषधालयमा बिरामीको चाप ह्वात्तै बढ्यो।
बागलुङ बजारमा रहेको आयुर्वेद औषधालयमा जँचाउन आउने र औषधि लिनेको संख्या पनि बढेको छ। औषधालयबाट सबैभन्दा बढी दीर्घरोगी र ज्येष्ठ नागरिकले सेवा लिने गरेका सूचना अधिकारी एकराज ढुंगानाले बताए।
ग्यास्ट्रिक, पेट दुख्ने, खाना नरुच्ने, बाथलगायत समस्याका बिरामी यहाँ आउने गरेका छन्। आयुर्वेद औषधिमा विश्वास कम गर्नेहरू पनि अब भने आउन थालेको उनले सुनाए। आयुर्वेद औषधालयमा सेवा लिन आउनेमध्ये अधिकांश बिरामी पेटसम्बन्धी समस्याका रहेको उनको भनाइ छ।
आर्थिक वर्ष २०७६/७७ मा सात हजार १५४, २०७७/७८ मा १२ हजार ५८३ तथा २०७८/७९ मा १६ हजार २४७ जनाले यहाँबाट सेवा लिएका छन्। चालु आर्थिक वर्षको हालसम्म सात हजार ४३० बिरामीले सेवा लिएको औषधालयको तथ्यांक छ।
सबैभन्दा बढी अम्लपित्तका बिरामीले सेवा लिएका छन्। अम्लपित्तसँगै गुदरोग, श्वासप्रश्वाससम्बन्धी रोग, उच्च रक्तचापलगायतका बिरामी दैनिक आउने गरेको औषधालय प्रमुख डा. सरोजकुमार रायले बताए।
स्वास्थ्य विभागबाट सिफारिस गरिएका ९५ मध्ये यहाँबाट २३ प्रकारका औषधि उपलब्ध हुने गरेको छ। “अरू औषधिको तुलनामा आयुर्वेद औषधिको ‘साइड इफेक्ट’ कम हुन्छ। चेतनाको वृद्धिका कारण आयुर्वेद औषधि प्रयोग गर्ने बढेका छन्,” उनले भने, “सरकारले पनि यसलाई प्राथमिकता दिएको छ।”
जिल्लाको बडिगाड, ताराखोला र बरेङ गाउँपालिकामा समेत नागरिक आरोग्य केन्द्र स्थापना गरी सेवा प्रदान गरिरहेको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
