नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणका क्रममा विदेशी पर्यटकका लागि पथप्रदर्शक अनिवार्य गरेको छ।
काठमाडौँ- पर्यटकका रूपमा आउने कुनैपनि विदेशी नागरिकले अबदेखि आफूखुशी नेपाल घुम्न नपाउने भएका छन्।
यसअघि विदेशी पर्यटकहरूले नेपाल पर्यटन बोर्डले बनाएको टुरिस्ट इन्फरमेसन म्यानेजमेन्ट सिस्टम (टिम्स) कार्ड खरिद गरी आफूखुशी एक्लै पदयात्रा गर्दै आएकोमा नेपाल पर्यटन बोर्डले कुनैपनि विदेशी नागरिक एक्लै पदयात्रामा जान नसक्ने निर्णय गरेको हो।
बिहीबार बसेको नेपाल पर्यटन बोर्डको बोर्ड बैठकले कुनैपनि विदेशी नागरिकले आफूखुशी घुमफिर गर्न नपाउने निर्णय गरेको हो। अब पर्यटकहरू पदयात्रामा जाँदा अनिवार्य रूपमा पथप्रदर्शक (टुरिस्ट गाइड) सँगै लैजानुपर्ने छ।
बोर्डका उपाध्यक्ष चन्द्र रिजालले पर्यटक एक्लै घुमफिरमा जाँदा लडेर घाइते हुने, उद्धारमा कठिनाइ हुने, हराउने तथा पर्यटकको मृत्यु हुने घटना बढेपछि आफूखुसी पदयात्रामा जान नपाउने निर्णय बोर्ड बैठकले गरेको बताए। “यो निर्णयले पर्यटक हराउने घाइते र बिरामी हुँदा उद्धारमा सहयोग पुग्छ। पर्यटकको सुरक्षा हुन्छ,” रिजालले भने, “आफूखुशी गएका पर्यटकको मृत्यु हुँदा नेपाल अन्तरराष्ट्रियस्तरमै बदनाम भएका कारण यो निर्णय गरेका हौँ।”
निर्णय आगामी अप्रिल १ देखि लागू हुने उनले बताए। यसअघि २०२२ अक्टोबर १ बाट एफआईटी (फ्री इन्डिभ्युजल ट्रेकर) बन्द गर्ने निर्णय भएपनि बोर्डले त्यसको कार्यान्वयन गरेको थिएन। तर, यो निर्णय कार्यान्वयन लागि बोर्ड, ट्रेकिङ एजेन्सी एशोसियसन अफ नेपाल (टान) र पर्यटन स्वतन्त्र मजदुरबीच सहमति भएको छ।
टान र पदयात्राको क्षेत्रमा काम गर्ने श्रमिकहरूले नेपाल पर्यटन बोर्डले व्यक्तिगत पदयात्रीका लागि दिँदै आएको टिम्स कार्ड बन्द गर्नुपर्ने र त्यसरी आउने विदेशीहरू नेपालका कम्पनीमार्फत पदयात्रामा जानुपर्ने माग उठाउँदै आएका थिए।
बोर्डको यो निर्णयपछि नेपाल घुम्न आउने विदेशी पर्यटकहरू अब कम्पनी मार्फत पदयात्रामा जानुपर्ने भएको छ। “बोर्डले पदयात्रीहरूलाई जारी गर्दै आएको एफआईटी (फ्री इन्डिभ्युजल ट्रेकर) टिम्स बोर्डले जारी गर्दै आएकोमा नेपाल पर्यटन बोर्ड, टान र पर्यटन श्रमिकबीच भएको छलफलमा पर्यटकको सुरक्षा, उद्धार र व्यवस्थापनलाई ध्यानमा राख्दै २०२३ अप्रिल १ देखि बन्द गर्ने सहमति भएको छ,” सहमतिमा भनिएको छ।
त्यसैगरी, टिम्सबापत बोर्डले उठाउँदै आएको शुल्कमा समेत वृद्धि गरिएको छ। सार्क देशका पर्यटकले व्यक्तिगत रूपमा घुम्न जाँदा ६ सय रुपैयाँ तिर्दै आएकोमा त्यसमा वृद्धि गरेर १ हजार रुपैयाँ बनाइएको छ। सार्क बाहेकका पर्यटकले भने व्यक्तिगत रूपमा घुम्न जाँदा टिम्स शुल्कबापत रु २ हजार तिर्नुपर्नेछ।
सहमतिपत्रमा एकल पदयात्रीले अप्रिल १ देखि टेकिङ कम्पनीमार्फत अनिवार्यरूपमा गाइड र आवश्यक मात्राका श्रमिकहरू लैजाने सहमति भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
