रास्वपा महामन्त्री ढकालले राष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्ने विषयमा पुस १० गते भएको सहमतिलाई मध्यनजर गर्दै पार्टीले निर्णय लिने बताएका छन्।
काठमाडौँ– नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग छलफल गरेको छ।
बिहीबार नेकपा एमालेको प्रतिनिधि मण्डलले राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा संसद्मा सहभागी हुने राजनीतिक दलसँग भेटघाट गर्ने क्रममा रास्वपा सभापति लामिछानेसँग पनि भेट गरेको हो।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले रास्वपाले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवारी दिएका नेम्वाङलाई सहयोग गर्ने भनाइ राखेको बताए। उनले हाल सरकारले खोजेको सहमतिलाई दिशा दिन सक्ने व्यक्ति नेम्वाङ रहेको बताए।
“अध्यक्ष लामिछानेले सुवासचन्द्र जत्तिको मान्छे मुलुकले कमै पाउँछ, यो एउटा मौका हो भन्ने कुरा गर्नुभयो। पार्टीको आन्तरिक छलफलबाट निर्णय गर्छु भन्नुभएको छ”, उनले भने, “उहाँको भनाइ र बडी ल्याङ्ग्वेजबाट हामी यो बुझ्छौँ की राष्ट्रपतिमा रास्वपाको मत हामीलाई आउँछ।” उनले रास्वपाले भने आन्तरिक छलफलपछि निर्णय गर्ने भनाइ राखेको बताए।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले भेटमा एमाले प्रतिनिधिले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न आग्रह गरेको र आफूहरूले पार्टीको आन्तरिक छलफलपछि निर्णय लिने जानकारी गराएको बताए।
महामन्त्री ढकालले पुस १० गतेको सहमतिलाई मध्यनजर गरेर बैठकमा छलफल गरी निर्णय गर्नेमा आफ्नो पार्टी रहेको उल्लेख गर्दै भने, “पार्टीले निर्णय गर्न बाँकी छ भनेका छौँ उहाँ एउटा उपयुक्त पात्र हो यसमा कुनै शंका छैन। निर्णय आज नै गर्न सकिँदैन, केन्द्रीय समिति र संसदीय दलको बैठकमा राख्छौँ र त्यहाँ निर्णय हुन्छ।”
राष्ट्रपति निर्वाचन नजिकिएसँगै उम्मेदवारहरू सांसदलाई भेट्ने क्रममा व्यस्त छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
