नेप्से २६.४७ अंकले घट्यो

कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ।

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २६.४७ अंकले घटेर १९६९.०२ अंकमा सीमित भएको छ। ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.८१ अंकले घटेर ३७३.५६ मा पुगेको छ।

कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ। कूल कारोबार भएका कम्पनीमध्ये १९ कम्पनीको सेयर मूल्य बढ्दा १९४ कम्पनी घटेको छ। साथै तीन वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन।

विभिन्न कम्पनीका कूल ३६ लाख ५७ हजार १५४ कित्ता सेयर एक अर्ब ३३ करोड ६३ लाख ३३ हजार ९६४ मूल्यमा खरिद बिक्री भयो। बिहीबारको कारोबारपछि बजार पुँजीकरण २८ खर्ब ४४ अर्ब ९२ करोड ४४ लाख २६ हजार ४४७ रुपैयाँ बराबर छ।

कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ। सो कम्पनीको आठ करोड १२ लाख ८६ हजार ८५४ रुपैयाँ बराबरको सेयर कारोबार भयो। यस्तै, शिवम् सिमेन्ट ६ करोड तीन लाख पाँच हजार २६३, एनआईसी एशिया बैंक चार करोड ३७ लाख २९ हजार ६४९, नबिल बैंक तीन करोड ८५ लाख ६१ हजार ४९४, नेपाल पुनर्बीमा कम्पनी दुई करोड ५१ लाख ६९ हजार ३०० बराबरको शेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए।

नेप्सेका अनुसार बुद्धभूमि नेपाल हाइड्रोपावर ४.२९, यसनिक नेपाल लघुवित्त ४.०२, बोटलर्स नेपाल तराई ३.९१, लक्ष्मी उन्नति कोष ३.७८, सामलिङ पावर कम्पनीको सेयर मूल्य ३.६४ प्रतिशतले बढेको छ।

ग्लोबल आइएमई लघुवित्त सात, स्वाभिमान लघुवित्त ५.८०, नाडेप लघुवित्त ५.७४, सिटिजन म्युचुअल फन्ड ५.६३ र सनराइज ब्ल्यूचिप फन्डको मूल्य पाँच प्रतिशतले घटेको छ।