मधेश प्रदेश प्रमुख मिश्रले बालबालिकामाथि हुने हिंसा रोक्न सबैले आ-आफ्नो क्षेत्रबाट कानून कार्यान्वयन गर्न/गराउन लाग्नु पर्ने बताए।
धनुषा– मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले बाल यौन दुर्व्यवहार रोक्न बनेका कानून व्यवहारमा लागू नभएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
जनकपुरमा जानकी महिला जागरण समाजद्वारा आयोजित बाल यौन दुराचारका विरुद्धमा अन्तरपुस्ता पैरवी संवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख मिश्रले कानून कार्यान्वयन नहुँदा बालबालिकामाथि हिंसा बढिरहेको बताएका हुन्। उनले बालबालिकाको संरक्षण गर्न सबैले आ-आफ्नो क्षेत्रबाट कानून कार्यान्वयन गर्न/गराउन लाग्नु पर्ने बताए।
उनले अभिभावकसमेत बालबालिकाप्रति गम्भीर हुनुपर्ने बताए। घरबाट बालबालिका बाहिर जाँदा ध्यान दिन अभिभावकलाई सुझाव दिँदै मिश्रले प्रश्न गरे, "हामीले बालबालिका बाहिर जाँदा सोधखोज गरेका छौँ त?"
जानकी महिला जागरण समाजका अध्यक्ष मन्दाकिनी कर्णको अध्यक्षमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य दीपेन्द्र ठाकुर र रामअशिष यादवले बालबालिकालाई पढाइ मात्र नभई सचेतनासमेत दिनुपर्ने तर्क गरे। “हामी जे पनि किताबबाट पढाइ गरेर हुन सक्दैन, व्यावहारिक कुरामा पनि खुलेर बोल्नुपर्छ परिवारमा बालबालिकासँग”, उनले भने, “छोरीलाई चन्द्रमा होइन सूर्यझैँ बनाउनु पर्छ।”
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रिंकु मिश्रले बालबालिका यौन दुर्व्यवहारमा पर्नुमा समाज मुख्य दोषी रहेको आरोप लगाइन्। “बाल यौन दुराचारको घटना अहिले पनि घर परिवारमै बढी हुने गरेको छ, तर त्यसलाई ढाकछोप गरिन्छ” उनले भनिन्।
उनले बालबालिका वा महिलाले छोटो कपडा लगाउने बित्तिकै हेर्ने नजर नै परिवर्तन गरेर समाजले छोरीमाथि अत्याचार गर्ने गरेको भन्दै आक्रोश पोखिन्। कार्यक्रममा नीति आयोगका उपाध्यक्ष, प्राध्यापक डा. भोगेन्द्र झालगायत दर्जन बढी वक्ता आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
