सन् २०२० पछि राजदरबार त्यागेर अमेरिकामा बस्दै आएका ह्यारी दम्पतीलाई राजदरबारले कटेज खाली गर्न भनेको उनीहरूका प्रवक्ताले पुष्टि गरेका छन्। सो कटेज बेलायती रानी एलिजावेथले उपहारमा दिएकी थिइन्।
बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेगनलाई ‘फ्रगमोर कटेज’ खाली गर्न दबाब दिइएको छ।
बेलायतको बर्कसायरमा रहेको ‘विन्डजर महल’स्थित सो कटेज बेलायती रानी एलिजावेथले ह्यारी र मेगनलाई उपहारमा दिएकी थिइन्। सन् २०२० पछि राजदरबार त्यागेर अमेरिकामा बस्दै आएका ह्यारी दम्पतीलाई राजदरबारले कटेज खाली गर्न भनेको उनीहरूका प्रवक्ताले पुष्टि गरेका छन्। बेलायती राजदरबारले भने यो समाचारबारे प्रतिक्रिया जनाएको छैन।
बेलायती राजपरिवारको सम्पत्ति रहेको सो कटेज दरबार संरक्षण क्षेत्रभित्र पर्ने बीबीसीले जनाएको छ। सन् १७९२ मा राजा जर्ज तृतीयकी श्रीमती रानी सार्लोटले आफू र आफ्ना छोरीहरूका लागि बनाएको कटेजको ऐतिहासिक महत्त्व पनि छ। त्यति बेला धनीहरूका लागि कटेज रमणीय तथा ग्रामीण परिवेशभन्दा भिन्न र फेसनेवल मानिन्थ्यो।

ह्यारी र मेगन कटेजमा सर्नुपूर्व त्यहाँ दोस्रो विश्वयुद्धपछि राजपरिवारका सहयोगी तथा कर्मचारीका परिवार बसेको बीबीसीले जनाएको छ। कटेजको मर्मतमा मात्रै करिब २४ लाख पाउन्ड खर्चिएको बताइएको छ। तीन वर्षयता ह्यारी दम्पती दुई सन्तान आर्ची र लिलीबेटसहित अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका छन्।
राजपरिवारको सक्रिय सदस्य हैसियत त्यागेका उनीहरूले राजपरिवारका सदस्यहरूबारे विभिन्न टिप्पणी गर्दै आएका छन्। ह्यारीको सनसनीपूर्ण पुस्तक ‘स्पेयर’ सार्वजनिक भएपछि कटेज खाली गर्न बेलायती राजपरिवारले दबाब दिएको ती प्रवक्ताको दाबी छ।
गत जनवरीमा सार्वजनिक ‘स्पेयर’ बेलायतमा सर्वाधिक बिक्री भएको थियो। सो पुस्तक बेलायतमा सन् १९९८ यता सबैभन्दा बढी बिक्री हुने गैर आख्यान बनेको थियो।
पुस्तकमा ह्यारीले आफ्ना व्यक्तिगत कुराका साथै उनका बुबा तथा दाइसँगको सम्बन्धका अलावा राजपरिवारबारे पनि विभिन्न खुलासा गरेका छन्। उनले दाइ तथा बेलायती युवराज विलियममाथि थुप्रै आरोपसमेत लगाएका छन्।
४१६ पृष्ठ लामो आत्मकथामा ह्यारीले आफ्नो जीवनमा आएका विविध चुनौती तथा समस्यामाथि पनि प्रकाश पारेका छन्। त्यस्तै राजदरबारभित्रको आफ्नो हुर्काइ र अन्ततोगत्वा राजपरिवारसँगको आफ्नो सम्बन्ध विच्छेदसम्मका कुरासमेत आत्मकथामा समावेश छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
