नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुरका कांग्रेसी कार्यकर्ताको गुनासो निर्वाचनपछि सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्
काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुरका कांग्रेसी कार्यकर्ताको गुनासो निर्वाचनपछि सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्।
मध्यपुरथिमिमा बुधबार आयोजित कार्यकर्ता भेटघाटमा सभापति देउवाले गठबन्धनको बाध्यताका कारण भक्तपुर-२ को प्रदेशसभा (२) अन्य दललाई दिनुपरेको बताउँदै त्यसको क्षतिपूर्ति निर्वाचनपछि सम्बोधन गर्ने बताए।
सभापति देउवा थिमिको शङ्खधर चोकमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले आयोजना गरेको माल्यापर्ण कार्यक्रमका लागि थिमि आएका थिए। सो कार्यक्रमपछि उनी कार्यकर्ता भेटघाटका लागि नजिकको पार्टी प्यालेस पुगेका थिए।
सभापति देउवाले गठबन्धन सरकार भएकाले निर्वाचनमा पनि गठबन्धनलाई निरन्तरता दिएर जानुपरेको र त्यसैका कारण कांग्रेस एक्लैले जित्ने केही क्षेत्र गठबन्धनमा रहेका सहयात्री दललाई छाड्नुपरेको स्पष्ट पारे। उनले उपस्थित नेता, कार्यकर्तालाई गठबन्धनको बाध्यता बुझेर निर्वाचनमा एकताबद्ध भएर लाग्न र गठबन्धनका उम्मेदवारलाई जिताउन निर्देशनसमेत दिए।
उनले गठबन्धनका तर्फबाट भक्तपुर-२ मा प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका दुर्लभ थापालाई निर्वाचन जिताए निर्वाचनपछिको सरकारमा मन्त्री बनाउने आश्वासनसमेत दिए।
कार्यक्रममा उम्मेदवार थापाले जिल्लाका कांग्रेसी कार्यकर्ता विशेषगरी मध्यपुरथिमि नगरक्षेत्रको गुनासो पार्टीको जिल्ला सभापतिको हैसियतले जसरी पनि सम्बोधनका लागि केन्द्रीय नेतृत्वलाई बनाउने प्रतिबद्धता व्यक्त गरे।
भक्तपुर-२ का निर्वाचन परिचालन समितिका संयोजक गणेशमान चक्रधरले कांग्रेसको बलियो गढको रूपमा रहेको मध्यपुरथिमि नगर क्षेत्र समावेश भएको भक्तपुर–२ (२) को प्रदेशसभा सदस्य गठबन्धनका दललाई दिए पनि समानुपातिकतर्फ समेत एक जनालाई मौका नदिनु अन्याय भएको गुनासो गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
