रेल सेवाको दयनीय अवस्थाका कारण दुर्घटना भएको भन्दै सर्वसाधारण र रेल सेवाका कर्मचारीहरू प्रदर्शनमा उत्रिएका छन्।
ग्रिसको लरिस्सा शहरनजिकै भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ५७ पुगेको छ। मंगलबार राती यात्रुवाहक रेल मालवाहक रेलसँग ठोक्किएको थियो।
दुर्घटनामा १० जना अझै बेपत्ता रहेको बीबीसीले जनाएको छ। शुक्रबार बिहानसम्म उद्धार कार्य जारी छ। ३५० जनाभन्दा बढी सवार रहेको यात्रुवाहक रेलमा अधिकांश २० वर्ष उमेर समूहका विद्यार्थी थिए।
साप्तान्हमा ग्रिक अर्थोडक्स लेन्टमा गएका उनीहरू थेसलोनिकी फर्कँदै गर्दा दुर्घटनामा परेका थिए। यसैबीच रेल सेवाको दयनीय अवस्थाका कारण दुर्घटना भएको भन्दै सर्वसाधारण र रेल सेवाका कर्मचारीहरू प्रदर्शनमा उत्रिएका छन्। प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले टियर ग्यास प्रहार गरेको थियो।
सरकारका प्रवक्ता जियानिस ओइकोनमसले रेल परियोजना कार्यान्वयनमा निरन्तरको ढिलाइ नै दुर्घटनाको कारक भएको टिप्पणी गरेका छन्। यस्तै, २१ औँ शताब्दीमा पनि रेल सेवा प्रणालीमा सुधार गर्न नसकिएकाले दुर्घटनाको जिम्मेवारी सरकारी निकायले लिनुपर्ने भन्दै ग्रिसका यातायातमन्त्रीले राजीनामा दिएका छन्।
ग्रिस सरकारले रेल सेवाको अवस्था सुधार गर्ने र दुर्घटनाको निष्पक्ष छानबिन गरी न्याय दिइने प्रतिबद्धता जनाएको छ। प्रधानमन्त्री किरियाकोस मित्सोताकीले मानवीय त्रुटिले गर्दा दुर्घटना भएको बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
