'ए' डिभिजन लिगको उद्घाटन खेलमा खुमलटारले फ्रेन्ड्सलाई १-० गोलअन्तरले पराजित गरेको छ। खुमलटारको जितमा मेसुके ओलोमोउले गरेको गोल नै निर्णायक बन्यो।
काठमाडौँ– नवप्रवेशी क्लब एफसी खुमलटारले शहीद स्मारक 'ए' डिभिजन लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा खुमलटारले फ्रेन्ड्सलाई १-० गोलअन्तरले पराजित गरेको हो।
शुरूआती समयदेखि नै आक्रामक खेल खेलेको खुमलटारको जितमा मेसुके ओलोमोउले गरेको गोल नै निर्णायक बन्यो। उनी यसै सिजन न्यूरोड टिम (एनआरटी)बाट खुमलटार पुगेका थिए।
खेलको १३औँ मिनेटमा ओलोमोउले प्रहार गरेको फ्रिकिक आकासिएको थियो। १६औँ मिनेटमा स्टेफन समिरले डिबक्स बाहिरबाट प्रहार गरेको बल फ्रेन्ड्सका डिफेन्डरलाई लाग्दै बाहिरियो। लगत्तै मेसुकेले गोल लाइनबाट क्रस गोल गर्न खोजे पनि सफल हुन सकेनन्।
३१औँ मिनेटमा डोना थापाले प्रहार गरेको कर्नर बल खुमलटारका गोलरक्षक देव लिम्बूले बचाए। ४२औँ मिनेटमा फ्रेन्ड्सका लक्ष्मण रूचालले बाइसाइकल किकमार्फत प्रहार गरेको बललाई देवले मुस्किलले बचाएपछि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
७६औँ मिनेटमा राजीव लोप्चनको क्रसमा मेसुकेले डिबक्सभित्रबाट गरेको हेडरलाई फ्रेन्ड्सका गोलरक्षक राजाबाबु थापाले ड्राइभ गर्दै बचाए।
८०औँ मिनेटमा स्यामबाबु क्याप्छ्याकीले प्रहार गरेको फिक्रिक बललाई पोस्टनजिकै रहेका उत्तम राईले हेडर गर्ने कोशिश गरे पनि सफल हुन सकेनन्।
८९औँ मिनेटमा खुमलटारका मेसुकेले गोल गरे। डिबक्स बाहिरबाट आएको बललाई कन्ट्रोलमा लिँदै उनले गोल गरे।
जितसँगै खुमलटारले २ अंक जोडेको छ। खुमलटारले फागुन २३ गते दोस्रो खेल अर्को नवप्रवेशी क्लब चर्च ब्वाइजसँग खेल्ने छ। फ्रेन्ड्सले दोस्रो खेल सोही दिन थ्रीस्टारसँग खेल्ने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
