कांग्रेस महामन्त्री गगन थापाले वर्तमान गठबन्धन भत्काउने धराप नथाप्न चेतावनी दिएका छन्। उनले आठ दलबीच भएको सहमति पाँचै वर्ष कार्यान्वयन भएर अगाडि बढ्ने दाबी गरे।
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेप्रति लक्षित गर्दै गठबन्धन भत्काउने धराप नथाप्न चेतावनी दिएका छन्। शुक्रबार गठबन्धन दलहरूले राष्ट्रपति निर्वाचनको सन्दर्भमा बागमती प्रदेशका सांसदलाई केन्द्रित गरेर काठमाडौँमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले वर्तमान गठबन्धन भत्काउने धराप नथाप्न चेतावनी दिएका हुन्।
उनले आफूहरूका बीचमा भएको सहमति पाँचै वर्ष कार्यान्वयन भएर अगाडि बढ्ने दाबी गरे। राष्ट्रपतिको निर्वाचनपछि गठबन्धन भत्किने र नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भनेर छरिएको भ्रममा नपर्न आग्रह गरे।
महामन्त्री थापाले आफूहरूका बीचमा भएको सहमति कार्यान्वयन नभएमा दलहरूमाथिको इमानदारी र विश्वसनीयतामा प्रश्न उठ्ने भन्दै त्यसो हुन नदिने बताए। उनले नेपाली कांग्रेसका कोही पनि नेताहरूलाई भेटेर गठबन्धन भत्काउने चकचक नगर्न चेतावनी दिए।
“नेपाली कांग्रेस पार्टीसँग अब कोही चकचक गर्न नआए हुन्छ। कोही चल्न नआए हुन्छ। पाँच वर्ष कहीँ, कतै, कोही, धराप थाप्न नआए पनि हुन्छ। कसैले यसलाई अलमल्याउन नखोजे पनि हुन्छ”, उनले भने।
महामन्त्री थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाई राख्नका लागि मात्रै यो गठबन्धन नबनेको स्पष्ट पारे। दाहाललाई नेकपा एमालेले पाँचै वर्ष प्रधानमन्त्री दिएको भए पनि त्यसलाई त्यागेर नयाँ गठबन्धन बनाइएको उनको भनाइ छ। त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि एमालेले राष्ट्रपतिको उम्मेदवार अथवा एमालेको अध्यक्ष नै बनाउन पनि तयार हुने स्थिति रहेको बताए। उनले गठबन्धनलाई बचाएर लानुपर्नेमा जोड दिए।
त्यस्तै, कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र बागमती प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले माओवादी केन्द्रका सबै बागमती प्रदेशसभा सदस्यहरूको मत राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेललाई जाने प्रतिबद्धता व्यक्त गरे। उनले आठ दलले गरेको निर्णय माओवादी केन्द्र प्रदेशसभाले अक्षरशः पालना गर्ने बताए।
“हामी २१ जनाको मत तलमाथि हुँदैन। हामी निश्चिन्त छौँ। उहाँ (रामचन्द्र)ले जित्ने कुरामा पनि ढुक्क छौँ। आठ दलले गरेको जुन निर्णय छ, त्यो निर्णयलाई अक्षरशः पालना गर्छौं,” उनले भने। उनले निर्वाचनको बेलामा अनेक खालका भ्रमहरू छरिने भएकाले त्यसप्रति सचेत हुन सबै सांसदलाई आग्रहसमेत गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
