तीन वर्षदेखि वैदेशिक रोजगारीमा रहेको प्रेमी र नेपालमै आफ्नो प्रेमिलाई कुरिरहने प्रेमिकाबीचको प्रगाढ प्रेमिल भावलाई भिडियोमा समेटिएको छ।
काठमाडौँ– अमन प्रधान र सुचिन्दा श्रेष्ठको आवाजमा ‘तिमी मेरो’ बोलको गीत सार्वजनिक भएको छ।
भावसागर युट्युव च्यानलबाट सार्वजनिक भएको गीतमा गायक अमनले नै संगीत भरेका छन्। अमनले बाल्यअवस्थामै विभिन्न युरोपेली मुलुकहरूमा आयोजित गायन प्रतिस्पर्धामा सहभागी भई चर्चा बटुलेका थिए।प्रेमकथामा आधारित गीतको म्युजिक भिडियोले युट्युव र टीकटकमा चर्चा बटुलिरहेको छ।
भिडियोमा मोडल सन्जिब थेबे लिम्बू र गायिका सुचिन्दाले अभिनय गरेका छन्। मुलुकको समसामयिक अवस्थाले तीन वर्षदेखि विदेशमा रहेको प्रेमी र नेपालमै आफ्नो प्रेमिलाई कुरिरहने प्रेमिकाबीचको प्रगाढ प्रेमिल भावलाई भिडियोमा समेटिएको छ। भिडियो रोमान्टिक र संयोगान्त सन्देशमुलक कथामा प्रस्तुत गर्न सफल भयेका छन्, चर्चित निर्देशक राजेशपुमा राई।
शब्द वरिष्ठ गीतकार अम्बिका गुरुङले लेखेकी हुन्। वेष्टन पप जनरामा बनेको गीतको एरेन्जर मिक्सर माष्टर राहुल प्रधानले गरेका छन्। ताप्लेजुङको सिनाममा जन्मिइ हङकङ बस्दै आएका समाजसेवी वसन्त थेबेले भिडियोको निर्माण गरेका हुन्। भिडियोमा अभिनय गरेका सन्जब हङकङमै एक होटेलमा सहायक म्यानेजर छन्।
उनले नेपाली कथानक चलचित्र ‘शान्ति’मा अर्का नायक सुशील क्षेत्रीसँगै मुख्य भूकिकामा अभिनय गरिसकेका छन्। गायीका सुचिन्दा एमबीए अध्ययनको क्रममा छिन्। उनले गाएको ‘एक चोटि आईदेउन’ गीतले पनि चर्चा बटुलेको थियो। कालो केसमा रेलिमाई, फुलबुट्टे सारी, गाजल टिकि जस्ता चर्चित म्युजिक भिडियो निर्देशन गरिसकेका युवा निर्देशक राजेश पुमाले यो भिडियोलाई पनि उत्कृष्ट बनाएका छन्।
“हाम्रो टिमले यो गीतमा धेरै मिहेनत गरेको छ। भिडियो पनि उत्कृष्ट बनेको छ,” उनले भने, “सुरूआतमा दर्शकबाट पनि राम्रो प्रतिक्रिया पाइरहेको छु।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
