एमाले अध्यक्ष ओलीले एमालेमाथि केन्द्रित प्रहार मुलुकका लागि दुर्भाग्यपूर्ण हुने बताएका छन्।
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो गर्न खोज्दा पनि आफ्नो पार्टीमाथि चौतर्फी रूपमा प्रहार भइरहेको टिप्पणी गरेका छन्। अध्यक्ष ओलीले एमालेमाथि केन्द्रित प्रहार मुलुकका लागि दुर्भाग्यपूर्ण हुने जिकिर गरेका हुन्।
शनिबार भक्तपुरमा आयोजित एमालेनिकट बुद्धिजीवी परिषद् केन्द्रीय समितिको बैठकमा बोल्दै उनले जनतालाई भ्रममा पार्न सफल शक्तिहरूले फेरि सत्ता कब्जा गरेको बताए। "दुर्भाग्यको कुरा देशका लागि एमालेले राम्रो गर्न खोज्दा सबैतिरबाट प्रहार केन्द्रित हुन्छ", उनले भने, "किनभने सामाजिक परिवर्तन र रूपान्तरणका विरोधी शक्तिहरू, आफ्ना छुद्र स्वार्थमा अल्झिएका शक्तिहरू सत्ता कब्जा गर्न सफल भएका छन्।"
अध्यक्ष ओलीले जनतालाई अलमल्याउने, दिग्भ्रमित पार्ने र पथ भ्रष्ट बनाउने तत्त्वबाट जनतालाई मुक्त गराउन बुद्धिजीवीले बिगुल फुक्नुपर्ने बताए। लेखेर, बोलेर, गोष्ठी, सभा, सम्मेलन गरेर पनि एमालेनिकट बुद्धिजीवीहरूले जनतालाई भ्रममुक्त बनाउनुपर्ने उनको भनाइ थियो। "जनतालाई अलमल्याउने, तर्साउने, धम्क्याउने अथवा उनीहरूको चेतना वा मनोबल कुनै हिसाबले परिवर्तन वा रूपान्तरणतर्फ जान नदिने तत्त्वलाई परास्त गर्नुपर्छ", उनले भने।
अध्यक्ष ओलीले गलत बाटोमा जान नदिने, सही बाटोमा डोर्याउने काम बौद्धिक क्षेत्रको भएको पटक पटक दोहोर्याए। उनले जनताको चेतनास्तर माथि उठाउने काममा बुद्धिजीवीले ध्यान दिनुपर्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
